default_image

9 years ago

March 21, 2016

नविताको वरियतामा सुधार

137 views

0 Bookmark

काठमाडौं, चैत ८
पाँच पटककी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले आफ्नो वरियतामा सुधार गरेकी छन् ।

6
मलेसियाको क्वालालम्पुरमा सम्पन्न पर्फेक्ट वल्र्ड टिम टेवलटेनिस च्याम्पियनसिपमा आफ्नो खेलमा सुधार गर्दै वरियातामा पनि सुधार गरेकी हुन् । अन्तर्राष्ट्रिय टेबुल टेनिस महासंघद्वारा प्रकाशित विश्व वरियता सूची भन्दा १४३ वरियतामा उक्लि“दै हालसालै प्रकाशित सूचीमा नवितालेले १३६६ अंकका साथ ४४६औं स्थानमा रहन सफल भएकी छिन् ।

उनी स“गै नेपालकी तेस्रो वरियताकी रविना महर्जन १०१३ अंकका साथ ६०८औं स्थानमा रहन सफल भइन् । पुरुष तर्फ १००९ अंकका साथ ५१८औं स्थानमा पुरुषोत्तम बज्राचार्य रहेका छन् ।
विश्वका २२२ राष्ट्रहरुबाट आवद्ध लाखौं टेबुल टेनिस खेलाडीहरु बीच नेपाली खेलाडीहरुको नाम विश्व वरियतामा पर्न सफल हुनु भनेको टेबुल टेनिस खेल लगायत राष्ट्रको गौरवको विषय भएको नेपाल टेवलटेनिस संघका महासचिव कुवेर प्रकाश सिंहले बताए ।

December 16, 2024

मुवाँथाई र टेबलटेनिसका खेलाडीको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद)- भारत र कतारमा हुने अलग अलग प्रशिक्षण र प्रतियोगितामा भाग लिने खेलाडीलाई सोमवार बिदाइ गरिएको छ। पुस १६ गते भारतको त्रिपुरामा हुने इन्डो नेपाल प्रो मुवाँथाईमा संजय राई, पेम्बा छिरिङ तामाङ, निरज नगरकोटी, सुमित्रा नागरकोटी ,रीना माझीले प्रतिस्पर्धा गर्नेछन्। टोलीको प्रशिक्षकमा महेश केसी छन् । त्यस्तै कतार दोहामा मंगलवार सुरु हुने सेपिङ […]

November 25, 2024

डेविस कपमा सफल टेनिस टोली सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- डेविस कपको अघिल्लो चरणमा बढुवा भएको नेपाली पुरुष टेनिस टोलीलाई सोमवार सम्मान गरिएको छ । नेपाल टेनिस संघले टोलीलाई सम्मान गरेको हो। टेनिस संघकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुल र सदस्य निरेश श्रेष्ठले टोलीलाई सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच सम्मान गरे । नोभेम्बर १८ देखि २३ तारिखसम्म बहराइनको मानामामा भएको डेविस कप […]

November 16, 2024

शिभालीलाई दोहोरो उपाधि, राजवीर विजयी

काठमाडौं (हाम्रो खेलकुद)– राजवीर प्रधान र शिभाली गुरुङ होटल मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटिआई जुनियर टेनिस प्रतियोगिताको यु–१६ सिंगल्सको उपाधि जितेका छन् । राजवीर ब्वाइज तथा शिभाली गल्र्समा विजयी भएका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शनिवार भएको फाइनलमा राजवीरले वृजेश अर्याललाई ६–२ र ६–० को सोझो सेटमा पराजित गरे । गल्र्सको फाइनलमा शिभालीले स्वस्तिका विष्टलाई […]

Success

Thank you for your time.