6 years ago
November 2, 2018
ललितपुर (हाम्रो खेलकुद) – गत संस्करणका विजेता नागबहालका सुमित शाक्य र ससिन डंगोलको जोडी १०औं यल कप ब्याडमिन्टन रनिङ शिल्ड प्रतियोगिताको पुरुष युगलतर्फ अन्तम चारमा प्रवेश गर्न सफल भएका छन् ।
शाक्य र डंगोलको जोडीले चक्रबहिलका अभिन ताम्राकार र श्रीजन ताम्राकारको जोडीलाई २१–१७, २१–१४ ले पन्छाउंदै अन्तिम चारमा स्थान पक्का गरेका हुन् । यस्तै नागबहालकै सनिल शाक्य र सुमन शाक्यको जोडी पनि दुपटका सुमन महर्जन र राजेन्द्र महर्जनको जोडीलाई २१–१७, २१–१९ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भए ।
।
यस्तै दथृुलंका राजु बज्राचार्य र सुमित महर्जनको जोडी र रत्नकाजी बज्राचार्य र संदीप शाक्यको जोडी पनि सेमिफाईनलमा स्थान बनाउन सफल भएका छन् । फाइनल प्रवेशका लागि अव सुमित र ससिनको जोडीले राजु बज्राचार्य र सुमित महर्जन तथा रत्नकाजी र संदीपको जोडीले सनिल र सुमनको जोडीसँग प्रतिस्पर्धा गर्नेछन् ।
पाटन शंखमुलस्थित ईलेभेन स्टार क्लबको आयोजनामा भएको प्रतियोगिताको यु –१५ ब्वाईज एकलतर्फ नागबहालका सहज शाक्य, श्रवण शाक्य, सुजल शाक्यले पनि सेमिफाइनल यात्रा तय गरे ।
मिक्स युगलतर्फ दथुलंका सुमित महर्जन र लिपी बज्राचार्यको जोडी तथा राजु बज्राचार्य र यास्ना डंगोलको जोडीले अन्तिम चारमा स्थान बनाए ।
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]