6 years ago
October 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – युवा टेनिस खेलाडी आरभसम्राट हाडाले पाकिस्तानमा भएको यू-१४ सुपर सिरिज टेनिस च्याम्पियनसिपमा घरेलु प्रतिद्वन्द्वीलाई पराजित गर्दै ब्वाइज सिंगल्सको उपाधि जितेका छन् ।
आरभले फाइनलमा हसिश कुमारलाई ६-२, ६-४ ले पराजित गर्दै उपाधि जितेका हुन् । आरभले सेमिफाइनलमा पाकिस्तानका ताहा अमनलाई सोझो सेटमा हराएका थिए । नेपालका अर्का खेलाडी प्रणव मानन्धर ताहासँग सोझो सेटमा पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिएका थिए ।
डबल्सतर्फ पनि प्रणव र आरभको जोडी फाइनल पुगेको थियो । तर फाइनलमा आशार मिर र हसिशको घरेलु जोडीले ६-३, ६-७ (६), १०-७ को जित दर्ता गर्दै डबल्स उपाधिमा कब्जा जमायो ।
सोमबार सुरु हुने दोस्रो सर्किटको पहिलो खेलमा प्रणवले बिलाल असीमको सामना गर्दैछन् । आरभ भने बाई पाएर सिधै क्वाटरफाइनलमा पुगेका छन् ।
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]
February 25, 2025
सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]