7 years ago
September 10, 2018
न्युयोर्क (एजेन्सी) – सर्वियन नोभाक जोकोभिचले युएस ओपन टेनिसको उपाधि जितेको छ । जोकोभिचले अर्जेन्टिनी हुवान मार्टिन डेल पोर्टाेमाथि ३–० को सोझो सेटमा जित निकाल्दै च्याम्पियन बन्न सफल भएका हुन् ।
न्युयोर्कस्थित अर्थर असे टेनिस कोर्टमा आइतबार राति भएको प्रतिस्पर्धामा जोकोभिचले डेल पोर्टाेमाथि पहिलो सेटमा ६–३ को सहज जित निकालेको थियो । दोस्रो सेटमा ७–६ को सर्घषपूर्ण जित निकालेपनि तेस्रो सेटमा ६–३ को सहज जित निकाल्दै जोकोभिच च्याम्पियन बन्न सफल भएका हुन् ।
३१ वर्षीय जोकोभिचको यो तेस्रो युएस ओपनको उपाधि हो भने १४औं ग्रान्डस्लाम उपाधि हो । युएस ओपनको उपाधि जितेसँगै जोकोभिचले पेट साम्प्रासको कीर्तिमानसँग बराबरी गरेका छन् । पेटेले १४ ग्रान्डस्लामको उपाधि जितेको थियो ।
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]
February 25, 2025
सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]