7 years ago
September 3, 2018
न्यु योर्क (एजेन्सी) –विश्व नम्बर एक स्पेनिस राफेल नाडाल युएस ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । डिफेन्डिङ च्याम्पियन नाडालले जर्जियाका निकोलोज बासिलासभिलीलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो ।
न्युयोर्कस्थित अर्थर असे टेनिस कोर्टमा आइतबार राति भएको खेलमा ३२ वर्षीय नाडालले निकोलोजमाथि ६–३, ६–३, ६–७ र ६–४ को जित निकालेको हो ।
१७ पटकको ग्रान्डस्लाम च्याम्पियन नाडालले अब क्वाटरफाइनलमा अष्ट्रियाका डोमिनिक थिमसँग प्रतिस्पर्धा खेल्नेछ । थिमले दक्षिण अफ्रिकाका केभिन एन्डरसनलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । पुरुष तर्फ नै जोन इस्नरले राओनिकमाथि ३–२ को कठिन जित निकाल्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको छ ।
महिलातर्फको खेलमा सेरेना विलियम्स क्वाटरफाइनलमा पुग्न सफल भएकी छन् । १७औं वरीयताकी अमेरिकी सेरेनाले इस्टोनियाकी काया कानेपीमाथि २–१ को जित निकाल्दै अन्तिम आठमा स्थान बनाएकी हुन् ।
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]
February 25, 2025
सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]