7 years ago
August 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अरहान्तकेशर सिंह पुरुष एकलतर्फ र भावना सुनुवार महिला एकलतर्फ तेश्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगितामा च्याम्पियन बनेका छन् । लगातार तेस्रोपटक च्याम्पियन बन्दै अरहान्त र भावनाले प्रतियोगितामा ह्याट्रिक पुरा गरेका हुन् ।
सातदोबाटोस्थित कोर्टमा शनिबार भएको पुरुष एकलतर्फको फाइनलमाा डिफेन्डिङ च्याम्पियन अरहान्तले अमृत थापामगरलाई ३–१ को सेटमा पराजित गर्दै लगातार तेस्रो पटक च्याम्पियन बन्न सफल भएका हुन् । अरहान्तले पहिलो सेट ११–७ ले आफ्नो पक्षमा पारे। दोस्रो सेट ७–११ ले गुमाएपनि त्यसपछिको दुई सेट भने अरहान्तले ११–८ र ११–६ ले आफ्नो पक्षमा पार्न सफल भए। प्रविन कंसकार र राजेन्द्र शाक्य तेस्रो भए ।
महिला एकलतर्फ भावनाले भावना सुनुवारले कृष्णा थापालाई ३–० को सोझो सेटमा परजित गर्दै च्याम्पियन बनेकी हुन् । भावनाले कृष्णामाथि ११–५, ११–७ र ११–१ को सहज जित निकालिन् । विपना ब्लोन र स्वस्थानी श्रेष्ठ तेस्रो भईन् ।
पुरुष जुनियर यु–१९ मा अमिर ब्लोन च्याम्पियन बने । अमिरले विजय मगरमाथि ३–० को सहज जित निकाल्यो । पुरुष यु–१५ ब्वाइजमा विकास मगर च्याम्पियन बने । विकासले सलिम थापामगरमाथि २–० को सहज जित निकाले। रोहन नेपाली र राजेश परियार तेस्रो भए ।
जुनियर यु–१५ महिलामा सपना ब्लोनले मुस्कान राउतमाथि २–० को जित निकाल्दै च्याम्पियन बनिन् । आयुष श्रेष्ठ र श्रीमाया लामा तेस्रो भईन् । पुरुष प्लेट च्याम्पियनसिपमा अमिर ब्लोन च्याम्पियन बने । अमिरले स्टेभ फ्रान्सिसमाथि ३–१ को जित निकाले । विनायक श्रेष्ठ र शैलेश अमात्य संयुक्त रुपमा तेस्रो भए ।
पुरुष मास्टर खुल्ला ५० वर्षमाथि सुदिप बहादुर सिंह च्याम्पियन बने । उनले दीलिप अधिकारीमाथि ३–० को सहज जित निकाले। सुरेश गुरुङ र इन्द्र बहादुर कार्की तेस्रो भए । विजयी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल स्क्वास राकेट्स संघका अध्यक्ष किशोर महर्जन, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पुरस्कृत गरे ।
नेपाल स्क्वास राकेट्स संघले आयोजना गरेको प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, मास्टर खुल्ला पुरुष ५० बर्ष भन्दा माथि, जुनियर ब्वाईज अन्डर १९, जुनियर ब्वाईज अन्डर १५, जुनियर गल्र्स अन्डर १५ तथा प्लेट गरी ७ विधामा प्रतिस्पर्धा भईरहेको छ । नेपाल स्क्वास राकेट्स संघले आयोजनामा गत मंगलबारदेखि आयोजना भएको प्रतियोगितामा विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]
February 25, 2025
सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।