7 years ago
July 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको तयारीलाई टेबलटेनिस टोली आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ । टोली ५ खेलाडीसहित ७ सदस्यीय रहेको छ ।
तस्बिर – विवेक सुवेदी/ हाम्रो खेलकुद
पुरुषमा श्यान्टु श्रेष्ठ र अमरलाल मल्ल तथा महिलामा नविता श्रेष्ठ, स्वेच्छा नेम्वाङ र रविना महर्जन छन् । पुरुष खेलाडी संख्या पनि ३ नै रहेको छ । बाँकी एक खेलाडी दीप साउन साउन १३ गते मात्र दिल्ली जाने अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । प्रशिक्षकमा सन्जिव ढुंगेल र अनिल घिमिरे छन् ।
खेलाडीले एक महिना दिल्लीस्थित अन्सुलगढ टेबलटेनिस एकेडेमीमा तयारी गर्ने छन् । त्यहाँबाट टोली भदौ ८ गते इन्डोनेसिया प्रस्थान गर्ने कार्यक्रम छ ।
नेपाली टिमलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले एक कार्यक्रमका बीच आइतबार बिदाई गरे ।
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]