9 years ago
February 11, 2016
काठमाडौँ | पाचौ इनोभेटिभ अन्तरस्कुल बास्केटबल प्रतियोगिता शुक्रबारबाट सुरु हुदै छ । इनोभेटिभ इङलिस स्कुलको आयोजनामा हुने प्रतियोगिता फागुन ६ गतेसम्म चल्ने बिहिबार आयोजित एक पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा सिनियर ब्वाइजमा र सिनियर गल्र्सतर्फ गरि २० टोलीको सहभागिता रहेको इनोभेटिभका प्रबन्ध निर्देशक अनन्त कुँवरले जानकारी दिए ।
सियिनर ब्वाइजमा १२ र गल्र्स ८ टिमले प्रतिस्प्रधा गर्नेछन । ब्वाइजमा इनोभेटिभ र गल्र्समा भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन् ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख ५० हजार खर्च हुनेछ । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु शंखमूलस्थित आयोजककै कोर्टमा हुनेछ ।
पाचौ सस्करणमा सियिनर ब्वाइजमा आयोजक इनोभेटिभको ए र बि टिम , ओडिसी इन्टरनेसनल स्कुल,ज्ञान निकेतन , रेडन स्कुल,एआइए स्कुल, पुस्पसदन स्कुल, डेनेब स्कुल,न्यु समिट, भ्याली पब्लिक, ग्रीनल्याण्ड र एचएचसीएच स्कुल रहेका छन् ।
गल्र्समा इनोभेटिभ, डेनेब स्कुल, भ्याली पब्लिक, एचएचसीएच स्कुल, एसभिए स्कुल,रातो बङ्गला, न्यु भिजन एकेडमी र सिद्धार्थ बनस्थली स्कुलले सहभागीता जनाएका छन् ।
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]
February 25, 2025
सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]