default_image

9 years ago

January 14, 2016

स्कुल ब्याडमिन्टन अर्को महिना

194 views

0 Bookmark

काठमाडौं

काठमाडौं जिल्ला ब्याडमिन्टन संघले खेलाडी उत्पादनको उद्देश्यका साथ अर्को महिना स्कुल ब्याडमिन्टन च्याम्पियनसिपको आयोजना गर्ने भएको छ ।

हिमालयन ब्याडमिन्टन क्लब र विद्या संस्कार स्पोर्टस क्लबसँगको सहकार्यमा आयोजना हुने प्रतियोगितामा छात्र छात्रा यू–१२ र यू १४ को अलग अलग प्रतिस्पर्धा हुनेछ ।

school badminton

प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा फागुन ८ देखि १० गते सम्म हुनेछ । काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापाले खुला अव्हान गरिएको प्रतियोगिता जो कोहीले भाग लिन सक्ने बताए । थापाका अनुसार काठमाडौं बाहिरका खेलाडीले सम्बन्धित जिल्ला ब्याडमिन्ट संघमार्फत सहभागी जनाउन पाउनेछन् ।

ब्याडमिन्टन प्रतिभाको खोजी र त्यसबाट छनोट भएका खेलाडीलाई एक बर्षसम्म प्रशिक्षण दिइने दिइनेछ । प्रशिक्षक टोलीले प्रतियोगिताबाट छात्रबृतिका लागि खेलाडी छनोट गर्नेछन् । त्यो प्रतियोगिताबाट छनोट हुने खेलाडीलाई भारतको उत्तर प्रदेशमा रहेको बाबु बनारसी दास ब्याडमिन्टन एकेडेमीमा समेत छात्रबृतिको लागि पहल हुने अध्यक्ष थापाले बताए ।

तीन दिने प्रतियोगितामा २ सय विधार्थीको सहभागिता रहने जिल्ला संघले विशवास लिएको छ । झन्डै १२ लाख रुपैयाँ खर्च हुने प्रतियोगिताका विजेता खेलाडीका प्रशिक्षकलाई समेत नगद पुरस्कार प्रदान गरिनेछ ।

‘एउटा खेलाडीलाई विजेता सम्म बनाउन प्रशिक्षकको त्यत्तिकै महत्वपूर्ण भूमिका हुन्छ,’ थापाले भने,‘प्रशिक्षकको त्यहि मेहनतको कदर स्वरुप यू १२ को विजेता खेलाडीको प्रशिक्षकलाई १२ र १४ को विजेता खेलाडीको प्रशिक्षकलाई १४ हजार रुपैयाँ दिइनेछ ।’ पुराना खेलाडी त्रिरत्न मानन्धरको ४ लाख र अन्यबाट प्राप्त गरि कुल ७ लाख रुपैयाँको काठमाडौं जिल्ला ब्याडमिन्टन संघको नाममा रहेको अक्षय कोषको ब्याजबाट आउने रकमबाट विजेता खेलाडीलाई पुरस्कृत संघले जनाएको छ । नेपाल ब्याडमिन्टन संघका महासचिव रामजीबहादुर श्रेष्ठले कुनै पनि खेलाडी विद्यालयस्तरबाट उत्पादन हुने बताए ।

March 20, 2025

बुटवलमा राष्ट्रिय ब्याडमिन्टन सुरु

सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]

March 1, 2025

अर्नव र आरती सम्झना कप च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]

February 25, 2025

रुपन्देहीमा अर्को महिना तेस्रो राष्ट्रिय ब्याडमिन्टन हुने

सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]

Success

Thank you for your time.