7 years ago
December 23, 2017
राष्ट्रपतिले भोलि उद्घाटन गर्ने
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले यस बर्षदेखि आयोजना गर्न लागेको राखेप च्याम्पियनसिपमा २९ खेल समावेश हुने भएको छ । आयोजक राखेपले शनिबार एक कार्यक्रम गर्दै च्याम्पियनसिपमा २९ खेल समावेश हुने जानकारी गराएको हो ।
च्याम्पियनसिपमा ५ विकास क्षेत्र र ३ विभाग गरी आठ टिमको सहभागिता रहनेछ । बृहत राष्ट्रिय खेलकुद भएको अर्को वर्ष राखेप च्याम्पियनसिप हुने राखेपका सदस्य–सचिव केशव कुमार विष्टले जानकारी गराए । पहिलो संस्करणको च्याम्पियनसिपको आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
आसन्न १८ औं एसियाली खेलकुद र १३ औं दक्षिण एसियाली खेलकुद ९साग० को तयारीलाई मध्यनजर गरी सुरु गर्न लागिएको च्याम्पियनसिपमा २९ खेलका राष्ट्रिय प्रतियोगिता हुनेछन् । २९ खेलमध्ये मौसमको प्रतिकूलताका कारण पौडी र ट्रायथलन सम्पन्न भइसकेका छन् । प्राविधिक कारणले कराँते र लनटेनिसको राष्ट्रिय प्रतियोगिता पनि सम्बन्धित राष्ट्रिय खेल संघले आयोजना गरिसकेका छन् ।
यसै च्याम्पियनसिपबाट राष्ट्रिय टिमको छनोट समेत हुनेछ । च्याम्पियनसिप राष्ट्रिय संघले तोकेको मिति र स्थानमा २०७४ साल पुस ९ गते आइतबारबाट सुरु गरी २०७४ माघ ९ गतेसम्म सक्नुपर्ने छ । च्याम्पियनसिप सम्पन्न गर्न ४ करोड ३१ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
च्याम्पियनसिपमा स्क्वास, भलिबल, सेपाकताक्रो, एथलेटिक्स, बक्सिङ, ह्याण्डबल, तेक्वान्दो, कुस्ती, फेन्सिङ बास्केटबल, जुडो, टेबल टेनिस, राष्ट्रिय तेक्वान्दो, कबड्डी, सुटिङ, भारोत्तोलन, गल्फ, साइक्लिङ, हक्की, खो खो, उसु, पौडी, आर्चरी, लन टेनिस ट्रायथलन, फुटबल कराँते, ब्याडमिन्टन र सफ्ट टेनिसका खेलहरु हुनेछन् ।
च्याम्पियनसिपमा १७ सय ९१ महिला र २२ सय ४९ पुरुष खेलाडी गरी कुल ४ हजार ८२ खेलाडीले ६ सय १५ स्वर्ण, ६ सय १५ रजत र ८ सय ९७ कास्य गरी कुल २१ सय २७ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]