7 years ago
November 3, 2017
काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ एसियन यु–१२ टेनिस टिम च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली शुक्रबार काजकिस्तान प्रस्थान गरेको छ ।
नोभेम्बर ६ देखि ११ तारिखसम्म हुने च्याम्पियनसिपमा नेपाली पुरुष टोलीबाट आर्यन गिरी, आरभ सम्राट हाडा र चिराग तिमिल्सिनाले प्रतिस्पर्धा गर्नेछन् ।
गत मे महिनामा नेपालमै भएको आईटीएफ-एटीएफ यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा दोश्रो हुँदै उक्त टोली च्याम्पियनसिपका लागि छनोट भएको थियो ।
प्रशिक्षकमा कृष्णराज घले छन् । टोलीलाई अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणालगायतका पदाधिकारीले एक कार्यक्रमबीच बिदाइ गरे ।
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]