7 years ago
October 14, 2017
ललितपुर(हाम्रो खेलकुद) – कमल भण्डारी र मायन्का राणाले दोस्रो ललितपुर जिल्ला राष्ट्रिय खुला लन टेनिस प्रतियोगितामामा सिंगल्स उपाधि जितेका छन् । ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा शनिबार भएको पुरुषतर्फको फाइनलमा कमलले सन्तोष खत्रीलाई ७–६, ७–२, ६–२ ले हराए । महिलातर्फको फाईनलमा मायन्काले पनि प्रेरणा कोइरालालाई ६–१,६–२ ले हराइन् ।
कमल र महेश श्रेष्ठको जोडीले पुरुष डबल्सको उपाधि जित्यो । कमल र महेशको जोडीले फाइनलमा सन्तोष खत्री र आत्माराम कार्कीको जोडीलाई ६–२, ६–३ ले हराएको थियो । कमल र मायन्काले उपाधिसहित समान २५ हजार रुपैयाँ प्राप्त गरे । सन्तोष र प्रेरणाले समान १५ हजार रुपैयाँ प्राप्त गरे । सेमिफाइनल पुग्ने खेलाडीले समान ७ हजार रुपैयाँ पाएका थिए ।
पुरुष डबल्सको विजेता जोडी कमल र महेश तथा महिला डलब्सतर्फको विजेता जोडी माहिका राणा र मायन्का राणाको जोडीले समान १० हजार रुपैयाँ प्राप्त गरे । डब्लसको फाइनलमा पराजित हुनेले ५ तथा सेमिफाइनल पुग्नेले २ हजार ५ सय रुपैयाँ पाए । अखिल नेपाल लन टेनिस सघका पूर्व अध्यक्ष मनोज राणालगायतले विजेता खेलाडीलाई पुरस्कृत गरे ।
खेलाडी तथा पत्रकार सम्मानित
अखिल नेपाल लन टेनिस संघले समापनका अवसरमा खेलाडी तथा पत्रकारलाई सम्मान गरेको छ । संघले वरिष्ठ खेल पत्रकार निरञ्जन राजवंशी र केहि समय अघि एनआईसी एसिया आईटीएफ सिनियर्स प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका लन टेनिस खेलाडीलाई सम्मान गरेको हो ।
दुई साताअघि पोखरामा भएको सर्किट–१ को ५५ वर्षभन्दा माथिको पुरुष सिंगल्सका विजेता तथा सर्किट–२ का उपविजेता मनोज शम्शेर जबरा, सर्किट–१ को ५५ वर्षभन्दा माथिको डबल्सका विजेता करिमुल्लाह मुस्लिम र झ्याम्पा ठन्दुकको जोडी र सर्किट–१ को ३५ वर्ष भन्दा माथिका विजेता कमल भण्डारीलाई सम्मान गएिको थियो ।
त्यस्तै एसियाली खेलाडी पत्रकारको संगठन एआइपिएस एसियाको कोषाध्यक्षमा हालै निर्वाचित भएका राजवंशीलाई सम्मान गरिएको थियो ।
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]
February 25, 2025
सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]