10 years ago
August 21, 2015
काठमाडौं, भदौ ४ गते |
अखिल नेपाल लनटेनिस संघको शुक्रबार सम्पन्न साधारणसभाले ज्योति राणाको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । राणा अघिल्लो कार्यसमितिमा उपाध्यक्ष थिइन् ।
अशोक गुरुङ, दीपेन्द्र चन्द ठकुरी, पुरुषोत्तम कोइराला, रोशन केसी, दीपक कार्की, जयजिभ हाडा र दावा सोनाम शेर्पा सदस्यमा चयन भए । मनोनित कोटाबाट ३ उपाध्यक्ष र ७ सदस्य आउन बाँकी छ ।
साधारणसभाको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच उद्घाटन गरे । साधारणसभामा विभिन्न १४ जिल्लाका २७ र केन्द्रबाट १३ गरी जम्मा ४० प्रतिनिधिको उपस्थिति रहेको संघ संस्था समन्वय शाखाका नायब सुब्बा राजेश श्रेष्ठले जनाएका छन् ।
नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत एवं संघ संस्था समन्वय शाखाका प्रमुख टेकप्रसाद कट्टेलले शपथ ग्रहण गराउनुका साथै प्रमाण पत्र प्रदान गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष राणाले बोलेर भन्दा पनि काम गरेर देखाउने परिपाटीमा जोड दिनु पर्ने बताउदै म होइन हामी भन्ने भावनालाई आत्मासात गर्दै ‘टिम वर्क’ का आधारमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]
February 25, 2025
सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।