default_image

8 years ago

May 30, 2017

एकल प्रतिस्पर्धामा नेपालको यात्रा समाप्त

207 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – जर्मनीको डस्सलडर्फ सहरमा सोमबारबाट सुरु भएको विश्व टेबल टेनिस च्याम्पियनसिपमा नेपालको सिङ्गल्स इभेन्टमा यात्रा समाप्त भएको छ। नेपालका चारै खेलाडीले समुह चरणका सबै खेलमा हार व्येहोरेका थिए। मिक्स डबल्समा १ खेल जितेको नेपालले दोश्रो चरणमा भने हार व्येहोर्यो।

नेपालका शिवसुन्दर गोठे र स्वेच्छा नेम्वाङ्ग
फोटो: रेमि ग्रस/ आइटिटिएफ

मिक्स्ड डबल्स अन्तर्गत शिवसुन्दर गोठे र स्वेच्छा नेम्वाङ्गको जोडीले ट्रीनिडाड एण्ड टोबेगोका डेकस्टर सेन्ट लुइस र रेहान चुङको जोडीसँग ११-७, ११-३ र ११-८को सोझो सेटमा पराजय व्येहोरे। अमर मल्ल र नविता श्रेष्ठको जोडीले भने बंगलादेशको महबुब बिल्लाह र मौमिता अलामको जोडीलाई सोझो सेटमा पराजित गरे। नविता र अमरको जोडीले ११-३, ११-४ र ११-३को सहज जित दर्ता गरेका थिए। दोश्रो चरणमा पुगेको नेपाली जोडीले पोल्याण्डका मरेक बडोस्की र क्लाउडीया कुसिन्सकासँग ११-७, ११-५ र ११-६को सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए।

महिला डबल्समा पहिलो चरणमा नेपालले बाइ पाएको थियो। नेपालकी स्वेच्छा नेम्वाङ्ग र नविता श्रेष्ठले पहिलो चरणको खेल नखेल्दै बाइ पाएपछि दोश्रो चरणमा प्रवेश गरेका छन्। उनीहरुले दोश्रो चरणमा डोमिनिकाको इभा ब्रिटो र एस्मेरलीन क्यास्ट्रोसँग भिड्दैछन्। नेपाली समयानुसार दिनको १:४५ बजे खेल हुनेछ।

पुरुषतर्फको डबल्समा भने नेपालका शिवसुन्दर गोठे र अमर मल्लले फिलिपिन्सका जाफेथ अदासा र शेर्विन रेमताको जोडीसँग पराजित भए।निकै प्रतिस्पर्धात्मक खेलमा नेपाली टोली १२-१०, ११-५, १५-१७ र ११-९ले पराजित भएको थियो।

पुरुष सिङ्गल्समा अमर मल्लले स्कटल्याण्डका क्रेज होवीसन र स्लोभाकियाका स्यामुएल नोभोटासँग ४-०को सोझो सेटमा पराजित हुँदै छनोट चरणबाट बाहिरिए।

अर्का खेलाडी शिवसुन्दर गोठेले पनि बुल्गेरियाका टेओदोर एलेक्जान्ड्रोभ र पुएर्टो रिकोका ड्यानीएल गोन्जालेजसँग ४-०ले नै पराजित हुँदै प्रतियोगिताबाट बाहिरी।यद्दपी उनले अझै समूहको एक खेल खेल्न बाँकी रहको छ।

महिलातर्फ भने नविता श्रेष्ठ सिंगापुरकि वानलिङ झाङ र स्विट्जरल्यान्डकि राहेल आस्वान्डेनसँग ४-० सोझो सेटमा पराजित भइन।

यसैगरी अर्की प्रतिस्पर्धी स्वेच्छा नेम्वाङ्गले फिनल्याण्डकि अन्निका लण्डस्टर्मसँग ४-० र इटालीकि डेबोरा भिभारेल्लीसँग ४-१ले पराजित रहँदै प्रतियोगिताबाट बाहिरीइन।

April 9, 2025

विपना र अरहान्त वरीयताको शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]

March 31, 2025

स्पेनिस प्रशिक्षकले नेपाली खेलाडीलाई प्रशिक्षण दिने

काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]

March 20, 2025

बुटवलमा राष्ट्रिय ब्याडमिन्टन सुरु

सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]

Success

Thank you for your time.