8 years ago
April 25, 2017
काठमाडौं(हाम्रो खेलकुद) – जुम्ल्याहा राणा दिदीबहिनी मायांका र माहिका राणा पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा मंगलबार डिफेन्डिङ च्याम्पियन मायांकाले स्नेहा यादवलाई ६–१ र ६–१ तथा माहिकाले भगवती विकलाई ६–० र ७–५ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धामा इरा रावतले गंगा शर्मालाई ६–० र ६–३ तथा प्रेरणा कोइरालाले लुमु लामालाई ६–० र ६–० को सीधा सेटमा हराउदै सेमिफाइनलमा स्थान बनाए । पुरुष सिंगल्समा जितेन्द्र परियारले कुमार अधिकारीलाई ६–० र ६–१, प्रणव खनालले नवीन मगरलाई ६–२ र ६–३, डिफेन्डिङ च्याम्पियन संरक्षकभूषण वज्राचार्यले दावा शेर्पालाई ६–२ र ६–३ तथा सन्तोष खत्रीले अनिल शाहीलाई ६–३ र ६–४ को सोझो सेटमा पाखा लगाउदै अन्तिम चारमा स्थान पक्का गरे ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायेजन तथा काठमाडौं जिल्ला लनटेनिस संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा दीपकमान श्रेष्ठले अशोक वज्राचार्यलाई ४–० र ४–० ले निराश पार्दै सेमिफाइनलमा पुगे । भेट्रान ५५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र छ्याम्बा डुन्डुप, कर्मा घले र पृथ्वी थकाली, सहदेव ढुंगाना र ध्रुव गुरुङ तथा पृथ्वीमान गुरुङ र राजेन्द्र गैरैको जोडी सेमिफाइनलमा पुगे ।
भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा राजु क्षेत्री र डिगेन्द्र श्रेष्ठ, प्रेम थापा र भुअरुण मल्ल, सञ्जय अमात्य र धर्मरत्न शाही तथा लोक गुरुङ र धरम लामिछानेको जोडी सेमिफाइनलमा प्रवेश गरे । भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा राजु क्षेत्री र राजेश परियार, महेश श्रेष्ठ र कमल भण्डारी, आत्माराम कार्की र अनुज अरोरा तथा छेवाङ लामा र मनोज शाहको जोडी सेमिफाइनलमा पुग्न सफल भए । भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा समिर शेरचन, मनोज शाह, प्रदीप शाह र प्रताप मोक्तान सेमिफाइनलमा पुगे ।
भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा महेश श्रेष्ठ, निरज थापा, कमल भण्डारी र राजु श्रेष्ठले सेमिफाइनल यात्रा तय गरे । प्रतियोगिताअन्तर्गत बुधबारदेखिका सम्पूर्ण खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा हुने आयोजकले जनाएको छ ।
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]
February 25, 2025
सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]