default_image

2 days ago

March 31, 2025

स्पेनिस प्रशिक्षकले नेपाली खेलाडीलाई प्रशिक्षण दिने

180 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् ।

नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ ।

सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा थिए । उनले पिएसए विश्व टुरमा ३३ उपाधि जितेका छन् । उनी १७ पटकको स्पेनका राष्ट्रिय च्याम्पियन पनि हुन् ।

दुई पटक युरोपेली इन्डिभजुयल च्याम्पियन रहिसकेका गोलानले स्पेनको राष्ट्रिय टिमलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगतामा नेतृत्व गरेको संघले जनाएको पनि छ ।

२०२३ मा गोलानले खेल जीवनबाट सन्न्यास लिएका थिए । त्यसपछि उनले गोलान स्क्वास एकेडेमीको स्थापना गरौका थिए । सोही एकेडेमीमा नेपालका स्क्वास खेलाडी अमृत थापा मगर पनि प्रशिक्षण गरिरहेका छन् ।

४२ वर्षीय प्रशिक्षक गोलानले नेपालको बारेमा धेरै सुनेको बताउँदै आफूले नेपाली स्क्वास खेलाडीलाई थप उत्प्रेरित गर्ने लक्ष्यसहित न आएको बताए ।

संघका अध्यक्ष ध्रुबबहादुर गुरुङले गोलानको प्रशिक्षणले नेपाली स्क्वास खेलाडीको स्तर अझ राम्रो हुने विश्वास व्यक्त गरे।

ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले गोलानको आगमन नेपालका स्क्वास खेलाडीहका लागि आफ्नो खेल स्तर बढाउने ठूलो अवसर भएको बताए ।

यसैगरी संघका निवर्तमान अध्यक्ष किशोर महर्जनले गोलानबाट खेलाडीहरु मात्र नभई नेपाली प्रशिक्षकले पनि धेरै कुरा सिक्ने अपेक्षा राखेको बताए ।

March 20, 2025

बुटवलमा राष्ट्रिय ब्याडमिन्टन सुरु

सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]

March 1, 2025

अर्नव र आरती सम्झना कप च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]

February 25, 2025

रुपन्देहीमा अर्को महिना तेस्रो राष्ट्रिय ब्याडमिन्टन हुने

सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]

Success

Thank you for your time.