1 month ago
March 20, 2025
सुमन अधिकारी, बुटवल
बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ ।
३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए ।
प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका खेलहरु खेलाइने जनाइएको छ ।
विभिन्न ६ विधामा सञ्चालन हुने प्रतियोगितामा मेन्स सिंगल र मेन्स डबल्सको जोडीको विजेताले ५०, दोस्रोलाई ३० र तेस्रो २० हजार रुपैयाँबाट पुरस्कृत गरिने छ ।
यसैगरि उमन्स सिंगलको विजेता ३०, दोस्रोले २० र तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । भेट्रान्स ४५ प्लस डबल्सको विजेता जोडीले ४०, दोस्रोले ३० र तेस्रोले २० हजार रुपैयाँ प्राप्त गर्नेछ।
यसैगरि भेट्रान्स ५५ प्लस डबल्स जोडीले २० , दोस्रोले १५ र तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै मास्टरतर्फको विजेताले १५, दोस्रोले १० र तेस्रोले ५ हजार रुपैयाँले पुरस्कृत गरिने छ ।
क्लबका अध्यक्ष पंकज ज्ञवालीको अध्यक्षतामा भएको समारोहमा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले उद्घघाटन गरे ।
सोही अवसरमा नेपालमा ब्याडमिन्टन खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याएका ८१ बर्षिय खेलाडी कुमार मोहन विक्रम शाहीलाई सम्मान गरिएको थियो ।
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]