1 month ago
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे ।
महिलाको फाइनलमा आरतीले ग्लोबलकी अनन्य सन्त्रलाई ११–८, ११–४ र ११–५ को सोझो सेटमा हराइन् । दुवैमा शीर्ष विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले समान १० हजार रुपैयाँ प्राप्त गरे।
सम्झना ल्याबोरेटरी क्लिनिक प्रा.लि. को मुख्य प्रायोजनमा भएको प्रतियोगिताको भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा दार्जिलिङ टेबल टेनिस एसोसिएसनका कुना बोसले आयोजक ललितपुरका कपिल कुमारलाई ९–११, ११–९, ११–७ र ११–६ को सेटमा पाखा लगाउँदै पहिलो भए ।
४० वर्षमाथि पुरुष सिंगल्समा दार्जिलिङका तानमोय दत्तले खोल्चपुखका समिप श्रेष्ठलाई सिधा सेटमा ११–९, ११–७ र ११–६ ले फाइनलमा पन्छ्याउदै शीर्ष स्थानमा रहे ।
विजेतालाई ललितपुर महानगरपालिका प्रवक्ता एवं वडा ९ का अध्यक्ष राजु महर्जन, मुख्य प्रायोजक सम्झनाकी प्रबन्ध निर्देशक रजना जोशी, टेबलटेनिसका मुख्य प्रशिक्षक मोहनदास बासुकलालगायतले पुरस्कृत गरे ।
सोहि अवसरमा दक्षिण एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको महिला टिम इभेन्टतर्फ स्वर्ण विजेता मध्येकी एक गीता क्षेत्रीलाई ‘लाइफ टाइम्स एचिभ्मेन्ट’ अवार्डबाट सम्मान गरिएको थियो ।
६ दिने प्रतियोगितामा ४ सय २ खेलाडीले विभिन्न ९ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक निकेश जोशीले जनाएका छन् । प्रतियोगितामा ५ लाख २३ हजार रुपैयाँ रहेको थियो ।
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]
February 25, 2025
सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]