2 months ago
February 21, 2025
सुमन अधिकारी, बुटवल
शीर्ष वरियताका प्रदीप खड्काले तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेका छन् ।
प्रदीप बुटवल खुल्ला लन टेनिसमा पहिलोदेखि तेस्रो संस्करणमा लगातार च्याम्पियन बन्दै ह्याट्रिक गरेका हुन् ।
शुक्रवार भएको फाइनलमा रितिक रानालाई २-१ ले हराउँदै प्रदीपले उपाधि जितेका हुन् । उपाधि रक्षा गर्ने क्रममा प्रदीपले दोस्रो वरियताका रितिकलाई ३-६, ७-६ र ६-१ को सेटमा पराजित गरेका थिए ।
पहिलो सेट गुमाएका प्रदीपले करिव १ घण्टा चलेको दोस्रोमा जित निकाल्दै पुनरागमन गरे। तेस्रो सेटमा सजग जित निकाल्दै उनले उपाधि उचाले।
प्रदीपको यो सिजनको यो पहिलो उपाधि हो । उनले हालसम्म १५ पटक विभिन्न प्रतियोगितामा उपाधि जितेका छन् । बुटवल खुल्ला लन टेनिस प्रतियोगितामा भने यो उनको चौथो उपाधि हो । रितिकले २ र प्रनव मानन्धरले १ पटक उपाधि जितेका छन् ।
जितपछि प्रदीपले केहि गल्तीका कारण पहिलो सेट गुमाउन पुगेको जनाउँदै रितिकले आफ्नो प्रर्दशनमा सुधार गरेको बताए ।
रुपन्देही जिल्ला लन टेनसि संघद्वारा आयोजित प्रतियोगितामा उमन्स सिंगलको उपाधि यसअघि नै सुनिरा थापाले जितेकी थिइन् । अभिलाषा विष्टलाई पराजित गर्दै सुनिरा च्याम्पियन बनेकी हुन् । उमन्स /मेन्स दुवैतर्फका विजेताले ६० हजार र दोस्रो हुने
ले ३० हजार रुपैयाँसहित कप प्राप्त गरे ।
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, नेपाल टेनिस संघका केन्द्रीय सदस्य अशोक गुरुङ, बागमती टेनिस संघका अध्यक्ष मनोज राणा, नेपाली सेना पश्चिमपृतनका महासेनानी मछिन्द्र थापा, टेनिस संघका प्रदेश अध्यक्ष संजय श्रेष्ठ लगायतले विजेता खेलाडीलाई पुरस्कृत गरे।
प्रतियोगितामा उमन्स/ मेन्स सिंगल, मेन्स ३५ प्लस, ४५ प्लस, ५५ प्लस, ६५ प्लस गरि ६ र डबल्सतर्फ उमेन्स/मेन्स डबल्स, मेन्स डबल्स ३५ प्लस, ४५ प्लस र ५५ प्लस गरि ५ गरि कुल ११ विधाका लागि करिब १ सय खेलाडी सहभागिता थियो।
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]