2 months ago
February 20, 2025
सुमन अधिकारी, बुटवल
सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको मेन्स सिंगलको फाइनलमा नेपालका नम्बर वनका प्रदिप खड्का र बुटवलका रितिक रानाबिच प्रतिष्पर्धा हुने भएको छ ।
प्रदिप र रितिकबिच यो चौथौ फाइनल भिडन्त हो । यसअघि काठमाण्डौमा गणेशमान ओपन टेनिस, सिटिजन ओपन टेनिस र पोखरामा माछापुच्छ्रेको फाइनल खेलेका थिए।
पहिलो सेमिफाइनलमा प्रदिपले निहाल जेवी थापालाई ६–४, ६–० र दोस्रोमा रितिकले निशान्त श्रेष्ठलाई ६–३, ६–४ को सेटमा पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन् ।
मेन्स ५५ प्लस सिंगलमा चन्द्र शाहीले उपाधि जितेका छन्। चन्द्रले फाइनलमा उत्तम बोगटीलाई ६–०, ६–१ को सेटमा पराजित गर्दै उपाधि जिते ।
यसैगरि ६५ प्लस सिगलमा भिक्टर राणाले अब्दुल सहमतलाई ६–३, ७–६ को सेटमा पराजित गर्दै उपाधि जितेका छन् ।
यसैगरि खुला डबल्सको उपाधि आयुषमान घले र निशान्त श्रेष्ठको जोडीले जितेको छ । फाइनलमा निहालजंग थापा र सक्षमबिक्रम शाहको जोडीलाई ७–६, ७–६ को सेटमा पराजित गर्दै उनीहरुको जोडीले उपाधि जितेको हो ।
यता ३५ प्लस डबल्समा देव क्षेत्री र दीपजेबी राणाको जोडीले जितेन्द्र परियार र समिर शाहको जोडीलाई ६–०, ६–३ को सेटमा पराजित गर्दै उपाधि जत्यो ।
४५ प्लस डबल्सको उपाधि भने कमल भण्डारी र सुर्दशन बि को जोडीले जितेको छ। फाइनलमा रोहित सुनुवार र हिमाल शाहको जोडीलाई ६–२, २–६, १०–८ को सेटमा पराजित गर्दै कमल र सुर्दशनको जोडीले उपाधि जितेको हो ।
५५ प्लस डबल्समा चन्द्र शाही र उत्तम केएसको जोडीले हिमाल शाह र सुर्दशन बिको जोडीलाई ६–४, ६–२ को सेटमा पराजित गर्दै उपाधि जितेको छ।
यसैगरि ३५ प्लसमा सिगलमा जितेन्द्र परियार र सन्तोष खत्री उपाधिको शुक्रवार भिड्ने छन् । जितेन्द्रले दीप जेबी राणालाई ६–०, ६–० र सन्तोषले राजन पौडेललाई ६–२, ६–२ को सेटमा पराजित गर्दै फाइनल भेट पक्का गरेका हुन्।
यसैगरि ४५ प्लस सिगलमा भने देव क्षेत्रीले कमल भण्डारीको सामना गर्ने भएका छन् । कमलले माधव भण्डारीलाई ६–२, ६–१ र तथा देवले राज गुरुङलाई ६–२, ६–१ को सेटमा पराजित गर्दै फाइनलमा भेट पक्का गरे।
बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही टेनिस संघको आयोजनामा फागुन ९ गतेसम्म हुने प्रतियोगितामा एक सय बढी खेलाडीहरु सहभागी रहेको संघका जिल्ला अध्यक्ष गोपाल ज्ञवालीले बताएका छन् ।
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]