2 months ago
February 19, 2025
सुमन अधिकारी, बुटवल
सुनिरा थापाले तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको वुमन्स सिंगलको उपाधि जितेकी छिन् ।
गत वर्षकी विजेता एवम् शीर्ष वरियता अभिलाषा विष्टलाई बुधवार पराजित गर्दै सुनिराले उपाधि जितेकी हुन् । सिंगलमा भगवती विक तेस्रो भएकी छन् ।
फाइनलका दौरानमा घाइते भएपछि अभिलाषाले मैदान छाडेकी थिइन् । दोस्रो सेट चलिरहँदा अभिलाषाले खेल्न नसक्ने जनाउँदै कोर्ट छाडेकी थिइन्। पहिलो सेटमा ६-३ अंकले जितेकी सुनिरा दोस्रो सेटमा ३-२ ले अगाडि रहँदा अभिलाषाले खेल छाडेकी थिइन् ।
मंगलवार अभिलाषाले आइशा डोल्कर गुरुङलाई र सुनिराले भगवती बिकलाई पराजित गर्दै फाइनल भेट पक्का गरेका थिए। सुनिराले ६०, अभिलाषाले ३० र भगवतीले २० हजार रुपैयाँ प्राप्त गरिन् ।
नेपाल टेनिस संघका केन्द्रीय सदस्य अशोक गुरुङ, टेनिस संघका प्रदेश अध्यक्ष संजय श्रेष्ठ, जिल्ला अध्यक्ष गोपाल ज्ञवाली, नेपाली सेनाका पश्चिम पृतनाका महासेनानी मछिन्द्र थापालगायतले विजेता, उपविजेतालगायतका खेलाडीलाई पुरस्कृत गरे।
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]