4 months ago
January 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले मोहनदास वासुकलालाई टेबल टेनिसको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ।
भक्तपुर जिल्ला खेलकुद विकास समितिमा कार्यरत टेबल टेनिसका नायव वरिष्ठ प्रशिक्षक वासुकलालाई बुधवार राखेप सदस्यसचिव स्तरीय निर्णय मार्फत मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
राखेपको तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईंले वासुकलालाई बिहीवार जिम्मेवारीको पत्र हस्तान्तरण गरे । वासुकलाले अब विभागमै रहेर जिम्मेवारी निर्वाह गर्नुपर्नेछ।
तत्कालीन मुख्य प्रशिक्षक राजेन्द्र कपालीले राजीनामा दिएपछि पद रिक्त थियो । अखिल नेपाल टेबलटेनिस संघका महासचिवको कुवेर सिंहका अनुसार राखेपका ५ जना टेबलटेनिस प्रशिक्षक कार्यरत छन् ।
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]