6 months ago
November 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)– राजवीर प्रधान र शिभाली गुरुङ होटल मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटिआई जुनियर टेनिस प्रतियोगिताको यु–१६ सिंगल्सको उपाधि जितेका छन् । राजवीर ब्वाइज तथा शिभाली गल्र्समा विजयी भएका हुन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा शनिवार भएको फाइनलमा राजवीरले वृजेश अर्याललाई ६–२ र ६–० को सोझो सेटमा पराजित गरे । गल्र्सको फाइनलमा शिभालीले स्वस्तिका विष्टलाई ६–२, ६–७ र ७–६ ले हराइन् ।
नेपाल टेनिस संघको प्राविधिक सहयोगमा बागमती प्रदेश टेनिस संघद्वारा आयोजित प्रतियोगितामा शिभालीले दोहोरो स्वर्ण जितिन् । शिभाली यु–१४ मा पनि पहिलो भइन् । यो स्पर्धाको फाइनलमा पनि शिभालीले स्वस्तिकालाई नै हराएकी थिइन् । यु–१४ ब्वाइज सिंगल्समा भने वृजेश शीर्ष स्थानमा रहे ।
होटल मिस्टिक माउन्टेनको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा जम्मा १२ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । यु–८ सिंगल्सको ब्वाइजमा कायान चालिसे र गल्र्समा अमाइरा गुप्ता पहिलो भए । दोहोरो स्वर्ण जितेका कायान यु–९ ब्वाइज सिंगल्समा पनि पहिलो भए । सो स्पर्धाको गल्र्समा निम्ति कुँवर पहिलो बनिन् ।
त्यस्तै यु–१० सिंगल्सको ब्वाइजमा सभ्यजंग कार्की र गल्र्समा सारा पन्त तथा यु–१२ सिंगल्सको ब्वाइजमा विश्वविशेष डल्लाकोटी र गल्र्समा आयुशा जिसी च्याम्पियन बने ।
विजेतालाई पूर्व संघीय मन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, बागमती प्रदेशका सांसद् सुनिल केसी, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, आयोजक बागमती प्रदेश टेनिस संघका अध्यक्ष मनोज राणा, मुख्य प्रायोजक मिस्टिकका चेयरम्यान बालकृष्ण ध्वजुलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
हरेक स्पर्धाको शीर्ष २ स्थानमा रहने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको थियो । जम्मा १ लाख ११ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरियो । ८ दिने प्रतियोगितामा १ सय २७ खेलाडीले सहभागिता जनाएको लनटेनिसकी मुख्य प्रशिक्षक रेणुदेवी कोन्डाले जनाएकी छन् ।
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]