6 months ago
November 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ब्याडमिन्टन संघको आयोजनामा ओलम्पिक सोलिडारिटी बिडब्लुएफ लेभल वान कोचिङ कोर्स शनिवार सम्पन्न भएको छ ।
६ दिने कोर्समा १५ पुरुष र ६ महिला गरी २१ जनाको सहभागिता रहेको थियो । सहभागीलाई बिडब्लुएफ ट्युटर चेक रिपब्लिककी मार्केटा तथा ब्याडमिन्टन एसिया ट्युटर भुटानका दोर्जी र नेपालकी सरादेवी तामाङले प्रशिक्षण दिएका थिए ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले डल्लु आवास क्षेत्रमा नवनिर्मित भूकम्प स्मृति बहुउद्देश्यीय कभर्डहलमा आयोजित एक कार्यक्रमबीच सहभागीलाई प्रमाण पत्र प्रदान गरे ।
यसअघि यहि कात्तिक ९ देखि १६ गतेसम्म ब्याडमिन्टन संघले लेभल २ कोचिङ कोर्स आयोजना गरेको थियो । दुवै कोर्स एनओसीको सहयोगमा भएको हो ।
ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले कोर्स आयोजनाका लागि सहयोग गरेकोमा एनओसीलाई धन्यवाद दिए ।
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]