default_image

6 months ago

October 26, 2024

सुनिरा र रितिक राष्ट्रिय टेनिस च्याम्पियन

620 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सुनिरा थापा र रितिक राणा चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको सिंगल्समा च्याम्पियन भएका छन् ।

गणेशमान सिंह फाउन्डेसनको आयोजनामा शनिवार सम्पन्न प्रतियोगितामा सुनिरा वमन्स सिंगल्स र रितिक मेन्स सिंगल्समा च्याम्पियन भएका हुन् । सिंगल्स च्याम्पियनद्वय रितिक र सुनिराले समान १ लाख रुपैयाँ नगद पुरस्कार पाए ।

सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा फाइनलमा सुनिराले अभिलाशा विष्टमाथि ६–४ र ७–५ ले हराइन् ।

रितिकले राजवीर प्रधानलाई ६–१ र ६–३ ले हराए । सिंगल्समा दोस्रो भएका खेलाडीले समान ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

मेन्स सिंगल्समा प्रणव मानन्धर र आयुषमान हजुर घले संयुक्त रूपमा तेस्रो भए । वमन्स सिंगल्समा प्राज्ना मानन्धर र स्वस्तिका विष्ट तेस्रो भए । तेस्रो हुनेले १२ हजार ५ सय रुपैयाँ प्राप्त गरे।

मेन्स ४५ वर्षमाथि सिंगल्समा कमलबहादुर भण्डारी च्याम्पियन भए । कमलले फाइनलमा छेवाङ लामालाई ६–१ र ६–२ ले हराए ।

कमलले ३७ हजार ५ सय र छेवाङले १८ हजार ७ सय ५० रुपैयाँ प्राप्त गरे । यसै उमेर समूहमा सुकमान तामाङ र महेश श्रेष्ठ तेस्रो स्थानमा रहे । दुवैले ३ हजार १ सय २५ रुपैयाँ प्राप्त गरे ।

पुरुष डबल्समा आयुष्मान घले र प्रदीप खड्काको जोडी च्याम्पियन बन्यो। वमन्स डबल्समा खेलाडी संख्या नपुगेपछि प्रतिस्पर्धा रद्द गरिएको थियो ।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको सिनियर, भेट्रान र जुनियरमा गरी जम्मा २२ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

मेन्स ३५ वर्षमाथि सिंगल्समा सन्तोष खत्री र डबल्समा सन्तोष खत्री र सुवास बस्नेतको जोडी, ५५ वर्षमाथि सिंगल्समा कमल थापा र डबल्समा उत्तम शेर्पा र चन्द्र शाहीको जोडी, ६५ वर्षमाथि सिगंल्समा कमल थापा र डबल्समा विदुर बिष्ट र भिक्टोर राणाको जोडीले विजयी भएको थियो।

जुनियरतर्फ बोइज र गल्र्समा यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ सिंगल्स र खुला डबल्स विधामा प्रतिस्पर्धा भयो ।

विजेतालाई उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, गणेशमान सिंह फाउन्डेसनका सदस्य तथा प्रतियोगिताका संयोजक भाष्करमान सिंह र नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले लगायतले पुरस्कृत गरे ।

April 9, 2025

विपना र अरहान्त वरीयताको शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]

March 31, 2025

स्पेनिस प्रशिक्षकले नेपाली खेलाडीलाई प्रशिक्षण दिने

काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]

March 20, 2025

बुटवलमा राष्ट्रिय ब्याडमिन्टन सुरु

सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]

Success

Thank you for your time.