6 months ago
October 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कायन चालिसे र निम्ती कुवँर चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा यु–८ सिंगल्समा बुधबार च्याम्पियन भएका छन् ।
सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा जारी प्रतियोगितामा बुधवार यु–८ उमेरसमूहमा कायन ब्वाइज र निम्ती गल्र्सतर्पm च्याम्पियन भएका हुन् । कायनले फाइलनमा टोनिस श्रेष्ठलाई १०–७ र १०–३ ले हराए । निम्तीले भने अमिरा गुप्तालाई १०–५,७–१० र १२–१० को सेटमा हराइन् ।
पुरुष सिंगल्समा राजवीर प्रधानले नेपाल नम्बर एक खेलाडी तथा साविक विजेता प्रदीप खड्कालाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका छन् । उनले प्रदीपलाई ६–४ र ६–३ ले हराए ।
राजवीरसँगै प्रणव मानन्धर, आयुष्मान घले र रितिक राणाले पनि सेमिफाइनलमा स्थान बनाए । प्रणवले प्रणव खनाललाई ६–२,६–४, आयुष्मान घलले निसान श्रेष्ठलाई ७–५, ६–० तथा रितिकले निहाल जंग राणालाई ६–४, ७–५ ले हराए ।
गणेशमान सिंह फाउन्डेसनको आयोजनामा भएको प्रतियोगिताको महिला सिंगल्समा अभिलाशा विष्ट र सुनिरा थापा सेमिफाइनलमा पुगेका छन् । अभिलाशाले आद्या पौडेलबाट वाक ओभर प्राप्त गर्दा सुनिराले भने समृद्धि महर्जनलाई ६–० र ६–३ ले हराइन् ।
पुरुष डबल्सको उपाधिका लागि प्रदीप खड्का र आयुष्मान घलेको जोडी र प्रणव खनाल र निहालजंग राणाको जोडी उपाधिका लागि भिड्ने भएका छन् ।
गल्र्स यु–९ उमेरसमूहको सिंगल्समा नैरा घले र रजिशा जोशीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । नैराले साहारा कायस्थलाई ४–०, ४–० तथा रजिशाले निम्तिी कुवँरलाई समान ४–२ को सेटमा हराइन् ।
गल्र्सकै यु–१० उमेरसमूहको सिंगल्सको फाइनलमा सरा पन्त र नैरा घलेले प्रतिस्पर्धा गर्नेछन् । सराले ताभिशी राणालाई हराउँदा नैराले थिया श्रेष्ठलाई ६–४, ६–२ ले हराइन् ।
पुरुष ६५ वर्षमाथिको सिंगल्समा कमल थापा र ध्रुव गुरुङले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । सेमिफाइनलमा कमलले ज्ञानेन्द्र ताम्राकारलाई समान ४–० र ध्रुबले विदुर बिष्टलाई ४–०, ४–१ ले हराए ।
कमल थापा पुरुष ५५ वर्षमाथिको सिगल्सको फाइनलमा पनि पुगेका छन् । उनले फाइनलमा मनोजविक्रम शाहसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलमा कमलले उत्तम शेर्पालाई ६–०, ६–४, १०–८ को सेटमा हराए ।
मनोजविक्रमले भने जीवन घिमिरेमाथि ०–६, ६–४ र १०–८ को सेटमा हराउँदै उपाधि यात्रा तय गरेका हुन् । पुरुष ३५ वर्षमाथि उमेरसमूहको डबल्समा जितेन्द्र परियार र इलम दीक्षितको जोडीले सन्तोष खत्री र सुवास बस्न्यातको जोडीले उपाधि भिडन्त गर्ने भएका छन् ।
पुरुष ४५ वर्षमाथि डबल्समा महेश क्षेत्री र मानबहादुर कटवालको जोडी तथा दिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडी फाइनलमा पुगेका छन् ।
पुरुषकै ५५ वर्षमाथि डबल्समा जीवन घिमिरे र सुदर्शन बिष्टको जोडी, उत्तम शेर्पा र चन्द्र शाहीको जोडी, मनोज राणा र दिगेन्द्र श्रेष्ठको जोडी तथा शिवप्रसाद सेढाईं र हिमाल शाहको जोडीले सेमिफाइनलमा स्थान बनाएका छन् ।
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]