default_image

3 hours ago

October 22, 2024

साविक विजेता प्रदीपको जित

36 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रदीप खड्का, राजवीर प्रधान र प्रणव खनालले चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलवार जित हासिल गरेका छन् ।

उपाधिमा ह्याट्रिक गर्ने अभियानमा रहेका प्रदीपले प्रितम परियारलाई ६–० र ६–१ को सोझो सेटमा पराजित गरे । प्रदीप पछिल्लो दुई संस्करणका विजेता विजेता हुन् । राजवीरले सक्षमविक्रम शाहलाई ६–० र ६–२ तथा प्रणवले विपुलविभोर अधिकारीलाई ६–० र ६–० को सोझो सेटमा हराए ।

सोही स्पर्धामा प्रणव मानन्धरले निजेज महर्जनलाई ६–० र ६–०, आयुशमान हजुर घलेले निश्चल कायश्थलाई ६–० र ६–३, निहालजंगबहादुर थापाले प्रणव वैद्यलाई ६–१ र ६–० तथा ऋतिक राणाले बोरिस अधिकारीलाई ६–१ र ६–२ को सोझो सेटमा पाखा लगाए ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार, इलम दीक्षित, सिमान्त गुरुङ, भीष्मजंग गुरुङ, समिर गुरुङ, सोवित गौचन, सन्तोष खत्री र कुमार तामाङ विजयी भए । सोही उमेरसमूहको पुरुष डबल्समा सन्तोष खत्री र सुवास बस्न्यात, देव क्षेत्री र दीप राणा, कमलबहादुर भण्डारी र यज्ञ भण्डारी तथा इलम र जितेन्द्रको जोडीले जित हात पारे ।

भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा जीवन घिमिरे, मनोजविक्रम शाह, उत्तम शेर्पा र कमल थापा विजयी भए । ४५ वर्षमाथि पुरुष डबल्समा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाही, छेवाङ लामा र सुमित मैनाली, सुरज श्रेष्ठ र सुरेश श्रेष्ठ तथा महेश श्रेष्ठ र मानबहादुर कटुवालको जोडीले सफलता पायो ।

६५ वर्षमाथि पुरुष डबल्समा विदुर विष्ट र भिक्टर राणा तथा मनोज राणा र प्रकाश बोगटीको जोडी ले जित हासिल गर्यो । ५५ वर्षमाथि पुरुष डबल्समा राम राणा र उत्तम बोगटीको जोडीले वाकओभर पायो ।

वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा संयुक्त आयोजित प्रतियोगिताको यु–८ गल्र्स सिंगल्समा निम्ति कुँवर र अमिरा गुप्ता फाइनलमा पुगे । सोही स्पर्धाको ब्वाइजमा कायन चालिसे र तोनिश श्रेष्ठले उपाधि भिडन्त निश्चित गरे । यु–१२ गल्र्स सिंगल्समा आयुशा जिसी, सरा पन्त, मेरिशा थापा र अनुश्री धोजुले जित हासिल गरे ।

October 22, 2024

ब्याडमिन्टनको दुईवटा कोर्स सन्चालन हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको आयोजनामा ब्याडमिन्टनको ओलम्पिक सोलिडारिटी कोचिङ कोर्स हुने भएको छ । संघले मंगलबार पत्रकार सम्मेलन गर्दै यसै महिना बिडब्लुएफ लेभल वान र लेभल टु कोचिङ कोर्स हुन लागेको जानकारी गरायो । डल्लु आवास क्षेत्रमा रहेको एनओसी अर्थक्वेक मेमोरियल कभर्डहलमा हुने कोचिङ कोर्स अन्तर्गत लेभल टु मा १४ र लेभल […]

October 10, 2024

एसियन टेबल टेनिसको पहिलो चरणमा इभानाको जित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टेबल टेनिस खेलाडी इभाना थापाले काजकस्तानको आस्तनामा जारी २७ औं एसियन टेबल टेनिस च्याम्पियनसिपमा पहिलो चरणमा जित हासिल गरेको छिन्। इभानाले बिहीवार आयोजक काजकस्तानकी एनल बाखेतलाई ३-२ ले हराएकी थिइन्। इभानाले ८-११,१२१०,६-११,१२-१०,११-४ नतिजा आफ्नो पक्षमा‌ पारेकी छिन्। वेमन्स सिंगल्सको अन्तिम ६४ मा इभानाको खेल शुक्रवार रहेको अखिल नेपाल टेबल टेनिका महासचिव […]

October 9, 2024

खेलकुद विकास कार्यक्रम विज्ञमा थापा मनोनित

हेटौंडा (हाम्रो खेलकुद)- बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विकास कार्यक्रम विज्ञको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापालाई मनोनित गरेको छ । खेलकुद मन्त्री मीनकृष्ण महर्जनले बागमती प्रदेशको समग्र खेल क्षेत्रको विकासका लागि सल्लाह सुझाव तथा आवश्यक नीति निर्माणमा सहयोग हुने विश्वासका साथ थापालाई जिम्मेवारी दिएका हुन् । खेलकुदसंग सम्बन्धित विकास […]

Success

Thank you for your time.