7 months ago
October 9, 2024
हेटौंडा (हाम्रो खेलकुद)- बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विकास कार्यक्रम विज्ञको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापालाई मनोनित गरेको छ ।
खेलकुद मन्त्री मीनकृष्ण महर्जनले बागमती प्रदेशको समग्र खेल क्षेत्रको विकासका लागि सल्लाह सुझाव तथा आवश्यक नीति निर्माणमा सहयोग हुने विश्वासका साथ थापालाई जिम्मेवारी दिएका हुन् ।
खेलकुदसंग सम्बन्धित विकास कार्यक्रमहरुको योजना र खेलाडीको वृद्धि विकासलाई समेत सुनिश्चित गर्न प्रदेश सरकार र खेलकुद मन्त्रालयलमा आवश्यकता अनुसार सल्लाह सुझाव दिने र कार्य गर्ने गरी थापालाई मनोनित गरिएको मन्त्री महर्जनले बताए ।
काठमाडौँ महानगरपालिका–१० निवासी थापा काठमाडौं ब्याडमिन्टन एकेडेमीका संस्थापक हुन् । ब्याडमिन्टन मार्फत् विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गर्दै ब्राजिलमा भएको रियो ओलम्पिक २०१६ मा समेत नेपालको प्रतिनिधित्व गरिसकेका थापाको अनुभवले बागमती प्रदेशको खेल क्षेत्रमा टेवा पुग्ने मन्त्री महर्जनले विश्वास व्यक्त गरे ।
स्पोट्स इभेन्ट म्यानेजमेन्टमा मास्टर्स गरेका थापाले खेल र खेलाडीको वृद्धि विकासका लागि विभिन्न कार्यहरु संचालन गर्नुको साथै नेपालमा खेलकुदका कार्यक्रमहरु आयोजना गर्दै आएका छन् । उनी नेपाल चेम्बर अफ कमर्सको शिक्षा तथा खेलकुद समितिको सह अध्यक्षसमेत हुन् ।
मन्त्रालयले यसअघि खेल विज्ञको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलाई समेत मनोनित गरिसकेको छ ।
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]