default_image

2 hours ago

September 30, 2024

एपिएम टेबलटेनिसको सियोम नेपाल मुख्य प्रायोजक

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल एपीएम क्लबको आयोजनामा हुने चौथो एपिएम जुनियर टेबलटेनिस च्याम्पियन्सिपलाई सियोम नेपालले मुख्य प्रायोजन गर्ने भएको छ ।

सियोम नेपालका प्रबन्ध निर्देशक ज्याकी महर्जन र एपिएम क्लबका प्रबन्ध निर्देशक दानबहादुर महताले मुख्य प्रायोजन सम्बन्धी सम्झौता पत्रमा सोमबार हस्ताक्षर गरे ।

सियोमले आयोजकलाई ५ लाख रुपैयाँ मुल्य बराबरको खेल सामाग्री र पोशाक प्रदान गर्ने छ । त्यस्तै टाग्रो टेबलटेनिस कम्पनीले ४ लाख तथा ल्याम्प एन्ड लाइट कम्मनीले १ लाख रुपैयाँको खेल सामाग्री र पोशाक उपलब्ध गराउने आयोजकले जनाएको छ ।

प्राप्त सबै सामाग्री र पोशाक प्रतियोगितामा समावेश विभिन्न ९ स्पर्धाका पदक विजेतालाई पुरस्कार स्वरुप विरतण गरिने आयोजक एपिएमले जनाएको छ ।

प्रतियोगितामा यु–१०, यु–१२, यु–१६ र यु–१९ ब्वाइज÷गल्र्स सिंगल्समा प्रतिस्पर्धा हुनेछ । अर्को स्पर्धामा यु–१९ मिक्स टिम इभेन्ट रहेको छ । मिक्स टिम इभेन्टको विजेतालाई २ लाख रुपैयाँ मुल्य बराबरको सियोम प्रो ९ टेबलटेनिस टेबल प्रदान गरिने छ ।

विगतका संस्करणमा आयोजकले पदक विजेतालाई नगद पुरस्कार दिने गरेकोमा यो संस्करणदेखि खेल सामाग्री र पोशाक प्रदान गर्न लागेको हो ।

प्रतियोगिता असोज १७ गतेदेखि तीनदिनसम्म भैसेपाटीस्थित आयोजक एपीएमको आफ्नै हलमा हुनेछ । करिब १ सय ५० खेलाडीको सहभागिता रहने बताइएको छ ।

September 29, 2024

सुदीप र कृष्णहरिको जोडीलाई ब्याडमिन्टन उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- पिस फिटनेस सेन्टरले आयोजना गरेको सातौं ब्याडमिन्टन प्रतियोगिताको खुल्ला मेन्स डबल्समा सुदीप बस्नेत र कृष्णहरि प्रसाईको जोडी विजयी भएको छ । सुदीप र कृष्णहरिको जोडीले आइतवारको फाइनलमा माधव आचार्य र सूर्य कडरियाको जोडीलाई २१-१९ र २५-२३ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । सुदीप अमरसिंह ब्याडमिन्टन क्लबका हुन् भने कृष्णहरि […]

September 28, 2024

नेपाल पुलिस टेबल टेनिस लिग च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग- सिजन २ को उपाधि शनिबार जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिवार भएको फाइनलमा पुलिसले र आयोजक स्ट्याग चयाम्पियन्स टेबलटेनिस एकेडेमीलाई समग्रमा ८–४ ले पराजित गर्दै उपाधि जितेको हो। समान २ पुरुष/महिला सिंगल्स र मिक्स डबल्स गरी ५ स्पर्धा खेल्नु पर्नेमा […]

September 15, 2024

कोशी प्रदेश ब्याडमिन्टन – भोज र प्रनिसको जोडी च्याम्पियन

हिमाल खरेल,भद्रपुर कोशी प्रदेशस्तरीय सलोनी टि कप पुरुष खुला डबल्सतर्फ पूर्वाञ्चल एपिएफका भोजबहादुर गुरुङ र प्रनिससिंह ठकुरीको जोडी च्याम्पियन बनेको छ । भोज र प्रनिसको जोडीले आइतवार संखुवासभाका सुनिल कार्की र मोरङका महेश खड्काको जोडीलाई २३–२१ र २१–१८ ले हराउँदै उपाधि रक्षा गरेको हो ।उपाधि विजेता जोडीले ५० हजार र दोस्रो हुने जोडीले ३० हजार […]

Success

Thank you for your time.