7 months ago
September 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पिस फिटनेस सेन्टरले आयोजना गरेको सातौं ब्याडमिन्टन प्रतियोगिताको खुल्ला मेन्स डबल्समा सुदीप बस्नेत र कृष्णहरि प्रसाईको जोडी विजयी भएको छ ।
सुदीप र कृष्णहरिको जोडीले आइतवारको फाइनलमा माधव आचार्य र सूर्य कडरियाको जोडीलाई २१-१९ र २५-२३ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । सुदीप अमरसिंह ब्याडमिन्टन क्लबका हुन् भने कृष्णहरि पिएफसीबाट खेल्ने गर्छन् ।
यसैगरी भेट्रान्सतर्फ नारायणदास श्रेष्ठ र नारायण प्रसाईंले कालीदास देबकोटा र सुमन श्रेष्ठको जोडीलाई १७-२१, २१-१५ र २२-२० ले पराजित गर्दै उपाधि जितेको छ ।
पिस फिटनेस सेन्टरले हरेक बर्ष आयोजना गर्दै आएको यो प्रतियोगितामा खुल्ला तर्फ ५१ र भेट्रानतर्फ १७ जोडीले भाग लिएको पिएफसीका अध्यक्ष संजय कपालीले जानकारी दिए ।
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]