default_image

2 hours ago

September 28, 2024

नेपाल पुलिस टेबल टेनिस लिग च्याम्पियन

203 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग- सिजन २ को उपाधि शनिबार जितेको छ

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिवार भएको फाइनलमा पुलिसले र आयोजक स्ट्याग चयाम्पियन्स टेबलटेनिस एकेडेमीलाई समग्रमा ८–४ ले पराजित गर्दै उपाधि जितेको हो।

समान २ पुरुष/महिला सिंगल्स र मिक्स डबल्स गरी ५ स्पर्धा खेल्नु पर्नेमा प्रहरीले ४ स्पर्धामै जितका लागि आवश्यक ८ अंक बटुल्न सफल भयो । गत वर्ष पुलिस दोस्रो र स्ट्याग तेश्रो भएको थियो । गत वर्षको च्याम्पियन एभिएम टेबलटेनिस क्लबले यसपटक भाग लिएन ।

पहिलो पुरुष सिंगल्समा स्ट्यागका हमर साङगाले पुलिसका वंश सिंघललाई ११-९, ५-११ र ११-९ को सेटमा पराजित गर्दै टोलीलाई २-१ को अग्रता दिलाए । महिला सिंगल्समा पुलिसकी लक्षिता नारङले स्ट्यागकी त्रिशा गोगोइलाई ११-६, ५-११ र ११-६ ले हराउँदै खेललाई ३-३ को बराबरीमा अवस्थामा पुर्याइन् ।

मिक्स डबल्समा पुलिसकी लक्षिता र संयोग कपालीको जोडीले स्ट्यागका त्रिशा र गनञ्जय दाहालको
जोडीलाई १०–१२, ११–९ र ११–१ ले पाखा लगाएपछि प्रहरी ५–४ ले अगाडि रह्यो।

अर्को पुरुष सिंगल्समा पुलिसका संयोगको प्रदर्शननै निर्णायक बन्यो । संयोगले स्ट्यागका गनञ्जयलाई ३-० को सोझो सेटमा पन्छ्यादै जितका लागि आवश्यक ८ अंक बटुले । संयोजक ११-७, ११-४ र ११-९ ले विजयी भए ।

त्यसपछि पुलिसकी नविता श्रेष्ठ र स्ट्यागकी सुस्मिता खड्काबीच तय भएको महिला सिंगल्स खेल्न परेन । उपाधिसंगै पुलिसले २ लाख तथा स्ट्यागले १ लाख रुपैयाँ प्राप्त गर्यो ।

नेपाल एपिएफ क्लब र नवप्रवेशी टोली यल टेबलटेनिस संयुक्त रुपमा तेश्रो भए । दुवैले समान ५० हजार रुपैयाँ प्राप्त गरे। शीर्ष तीन स्थान हात पार्ने टोली मध्ये एपिएफमा मात्र विदेश खेलाडी थिएनन् । बाँकी ३ टोलीले समान २ विदेशी खेलाडी अनुबन्ध गरेका थिए । उनीहरुले समान १/१ पुरुष/महिला भारतीय खेलाडीलाई टोलीमा समावेश गरेका थिए ।

विजेतालाई सह–प्रायोजक समेत रहेका अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गी, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, मेटल सेपरका प्रबन्ध निर्देशक निरज जोशीलगायतले पुरस्कृत गरे ।

६ दिने प्रतियोगितामा शीर्ष तीन स्थान रहेका टिमसहित ज्ञानभैरव डिल्ली बजार टेबलटेनिस क्लब, यल टेबलटेनिस, होप्स टेबलटेनिस एकेडेमी र रेड टाइल्स गरी ७ टिम सहभागी थिए ।

September 15, 2024

कोशी प्रदेश ब्याडमिन्टन – भोज र प्रनिसको जोडी च्याम्पियन

हिमाल खरेल,भद्रपुर कोशी प्रदेशस्तरीय सलोनी टि कप पुरुष खुला डबल्सतर्फ पूर्वाञ्चल एपिएफका भोजबहादुर गुरुङ र प्रनिससिंह ठकुरीको जोडी च्याम्पियन बनेको छ । भोज र प्रनिसको जोडीले आइतवार संखुवासभाका सुनिल कार्की र मोरङका महेश खड्काको जोडीलाई २३–२१ र २१–१८ ले हराउँदै उपाधि रक्षा गरेको हो ।उपाधि विजेता जोडीले ५० हजार र दोस्रो हुने जोडीले ३० हजार […]

September 14, 2024

प्रदेशस्तरीय ब्याडमिन्टनको सेमिफाइनल समीकरण पूरा

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुरमा जारी पहिलो संस्करणको कोशी प्रदेशस्तरीय पुरुष खुला डबल्स तथा भेट्रान्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण सकिएको छ । भद्रपुरको मेची रंगशालाको कभर्ड हलमा आज भएको खेलमा क्वार्टर फाइनलको प्रतिस्पर्धा सकिएको हो ।आइतवार बिहान सेमिफाइल र दिउँसो फाइनल हुनेछ । आयोजक झापा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपेश ढकालका अनुसार खेल खुला डबल्स […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

Success

Thank you for your time.