default_image

6 months ago

September 14, 2024

प्रदेशस्तरीय ब्याडमिन्टनको सेमिफाइनल समीकरण पूरा

618 views

0 Bookmark

हिमाल खरेल,बिर्तामोड

झापाको भद्रपुरमा जारी पहिलो संस्करणको कोशी प्रदेशस्तरीय पुरुष खुला डबल्स तथा भेट्रान्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण सकिएको छ ।

भद्रपुरको मेची रंगशालाको कभर्ड हलमा आज भएको खेलमा क्वार्टर फाइनलको प्रतिस्पर्धा सकिएको हो ।
आइतवार बिहान सेमिफाइल र दिउँसो फाइनल हुनेछ ।

आयोजक झापा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपेश ढकालका अनुसार खेल खुला डबल्स र खुला भेट्रान्स डबल्स गरी दुई विधामा सञ्चालन भइरहेको छ ।

प्रतियोगिताअन्तर्गत खुला भेट्रान्स डबल्सको फाइनल प्रवेशका लागि राजधानी ब्याडमिन्टन क्लबका जीवन बोगटी र सुनसरीका श्रवणकुमार चौधरीको जोडीले धनकुटाका किरण प्रधान र शिखर श्रेष्ठको जोडीसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै, बिर्ता ब्याडमिन्टन क्लबका सञ्जय भक्तराज र विष्णु तामाङको जोडीले चन्द्रकुवेर खापुङ र उत्तम सिंखडाको जोडीले सेमिफाइनलमा सामना गर्नेछ ।

त्यस्तै, खुला डबल्सतर्फ संखुवासभाका सुनिल कार्की र मोरङका महेश खड्काको जोडीले मोरङका सुप्रिम पन्त र लाक्पा शेर्पाको जोडीसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

तेह्रथुमका विवेक कन्दङवा रपाँचथरका नेल्सन राईको जोडीले पूर्वाञ्चल एपिएफका भोजबहादुर गुरुङ र प्रनिससिंह ठकुरीको जोडीसँग दोस्रो सेमिफाइनल खेल खेल्ने संघका उपाध्यक्ष तथा प्रतियोगिता संयाेजक दिपक घिमिरेले बताए ।

प्रतियोगिताका खुलातर्फका विजेताले ५०, दोस्रोले ३०र र तेस्रो हुनेले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
भेट्रान्सतर्फका विजेताले ४०, दोस्रोले ३० तथा तेस्रो हुनेले समान १० हजार रुपैयाँ पाउने सचिव तीर्थ ढकालले जानकारी दिए । पहिलोपटक जारी प्रतियोगितालाई सलोनी टि कपले प्रायोजन गरेको छ।

March 1, 2025

अर्नव र आरती सम्झना कप च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]

February 25, 2025

रुपन्देहीमा अर्को महिना तेस्रो राष्ट्रिय ब्याडमिन्टन हुने

सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]

February 23, 2025

थापा श्रीलंका ब्याडमिन्टन च्यालेन्जमा अम्पायर

काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो‌ ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।

Success

Thank you for your time.