default_image

8 months ago

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

1344 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ।

गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो ।

अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने ।

धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको क्रिकेटको फाइनलमा स्र्पाटन् लाई हराउँदै काठमाडौं नाइट्सले उपाधि जितेको हो।

स्र्पाटन्सबाट ११ विकेट लिनुका साथै १ सय ७१ रन बनाएका अमन जैन ‘प्लेयर अफ दि टुर्नामेन्ट’ का साथै उत्कृष्ट बलर घोषित भए । राइडर्सका १ सय ५८ रन जोडेका आशुतोष घिरैया उत्कृष्ट ब्याटर घोषित भए ।

पौडीको यु-१५ ब्वाइजमा कौतिक शर्मा र गल्र्समा आहाना गोयल तथा यु–१० ब्वाइजमा लक्ष्य शर्मा र गल्र्समा खायान्ना गडियाले स्वर्ण पदक जिते ।

ब्याडमिन्टनको महिला सिंगल्समा शिभाङ्गी, पुरुष सिंगल्समा राजीव पोधार तथा पुरुष डबल्समा विवेक अग्रवाल र रोहित अग्रवालको जोडी विजयी भयो ।

टेबलटेनिसको यु-१५ ब्वाइज सिंगल्समा वैभव जैन, १५ वर्षमाथि ब्वाइज सिंगल्समा पुल्कित भीमसरिया तथा महिला सिंगल्समा विनिता जाजोडिया सराफले शीर्ष स्थान हात पारे ।

दुई दिने खेल महोत्सवमा क्रिकेट, फुटसल, टेबलटेनिस, ब्याडमिन्टन र पौडीमा प्रतिस्पर्धा भएको थियो ।
खेल महोत्सवको प्रायोजकमा ग्लोबल रिच एडुकेसन, शिव शक्ति ग्रुप, बिएलसी इन्रिचिङ लाइफ, मोहन खेतान फाउन्डेसन, केमिकल हाउस प्रा.लि. र राधाकृष्ण ज्वेलर्स रहेका छन् ।

April 9, 2025

विपना र अरहान्त वरीयताको शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]

March 31, 2025

स्पेनिस प्रशिक्षकले नेपाली खेलाडीलाई प्रशिक्षण दिने

काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]

March 20, 2025

बुटवलमा राष्ट्रिय ब्याडमिन्टन सुरु

सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]

Success

Thank you for your time.