7 months ago
September 2, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एभीएम टिटि क्लबकी इभाना थापा मगर महिलाबाट र नेपाल पुलिस क्लबका संयोग कपाली पुरुषबाट २७ औं एसियाली टेबल टेनिस च्याम्पियनसिपका लागि छनोट भएका छन् ।
अर्को महिना काजकास्तानमा च्याम्पियनसिपका लागि अखिल नेपाल टेबल टेनिस संघले ३ दिन छनोट प्रतियोगिताको आयोजना गरेको थियो । सोमबार सम्पन्न छनोटमा इभाना आ-आफ्नो विधामा अब्बल रहँदै छनोट भएका हुन् । दुवै महिला र पुरुषतर्फ १-१ खेलाडी छनोट हुने प्रावधान रहेको थियो ।
महिलातर्फ लगातार च्याम्पियन रहेर एकछत्र राज गरेकी पुलिसकी नविता श्रेष्ठ छनोटमा तेस्रो भइन् । दुई चरणमा लिग प्रणालीमा भएको प्रतियोगितामा इभाना अपराजित रहँदै छनोट भएकी हुन् । एभीएमकै बियान्का राई दोस्रो हुँदा नविता तेस्रो स्थानमा सिमित भएकी हुन् । इभाना र बियान्का दुवैसँग हार भोगेकी नविताले राष्ट्रिय स्तरको एकै प्रतियोगितामा दुई खेल हारेको यो पहिलो अवसर हो ।
पुरुषतर्फ संयोग अपराजित रहँदै छनोट भए । पुलिसकै गनन्जय दाहाल दोस्रो हुँदा एपीएफका राजीव चिकबन्जार तेस्रो स्थानमा सिमित भए ।
एसियाली च्याम्पियनसिप असोज २१ देखि २७ गतेसम्म हुने संघका महासचिव कुवेर प्रकाश सिंहले जानकारी दिए । छनोट प्रतियोगिताबाट महिला र पुरुषमा शीर्ष १६ वरीयताका खेलाडी पनि निर्धारण गरिएको महासचिव सिंहले बताए ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]
February 25, 2025
सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।