default_image

7 months ago

August 24, 2024

अध्यक्ष हमालसहित टेबलटेनिसमा सबै निर्विरोध

356 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल टेबलटेनिस संघको चुनावी साधारण सभाले बृजेन्द्रबहादुर हमाललाई‌ अध्यक्षमा निर्विरोध चयन गरेको छ।

हमालसहित १२ सदस्यीय केन्द्रिय समिति निर्विरोध निर्वाचित भएका हुन्। उपाध्यक्षमा गोवर्धन श्रेष्ठ, मनोहरकुमार पोखरेल र पूर्णशंकर श्रेष्ठ, महासचिवमा कुँवेरप्रकाश सिंह, सचिवमा प्रज्ज्वलकान्त मैनाली र कोषाध्यक्षमा ज्याकी महर्जन रहेका छन् ।

शिवसुन्दर गोथे, नरबहादुर क्षेत्री, रिषिराज लहरे, नवीनबहादुर सिंह र सन्तोषकुमार पौडेल सदस्यमा चयन भए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले गरेका थिए ।

सो अवसरमा सदस्य–सचिव घिसिङले नयाँ कार्यसमितिले ४ वर्षका लागि ठोस कार्य योजना बनाएर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।


त्यसअघि एक पक्षको बहिष्कारका बाबजुद साधारण सभा तथा निर्वाचन भएको छ ।

तदर्थ समितिका संयोजक रहेका चतुरानन्द राजवैधसहितको‌ समूहले निर्वाचन नगराउनका लागि ‌राखेप र नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई निवेदन दिएका थिए । राखेपमा बुझाएको पत्रलाई आधार मान्दै एनओसीले आफ्नो प्रतिनिधि नपठाउने जानकारी दिएको थियो ।

तदर्थ समितिका तत्कालिन सह संयोजक वृजेन्द्र हमालको‌ समूह भने राखेपको स्वीकृतीमा साधारण सभा र निर्वाचन गराउन जुटेको थियो ।

राखेपले टेबल टेनिसको निर्वाचनको लागि ३ सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।‌ समितिले साउन‌ १५ गते सुचना प्रकाशित गर्दै भदौ ८ गते निर्वाचन गरिने जनाएको थियो ।

संयोजक राजबैधसहित २३ जनाले राखेप‌ र एनओसीमा निर्वाचन रोक्न हस्ताक्षरसहित पत्र पठाएको एनओसीले युवा तथा खेलकुद मन्त्रालयलाई पत्रमार्फत जानकारी गराएको थियो । तर उक्त पत्रमा २३ जना नभएर १५ जनाको हस्ताक्षर रहेको र त्यसमा पनि केही फर्जी हस्ताक्षर रहेको हमालले दाबी गरेका‌ थिए ।

हमालले साधारण सभामा झन्डै ९० प्रतिशत प्रतिनिधिको उत्साहजनक सहभागिता रहेको बताएका थिए।
राखेपका खेलकुद विकास विभाग प्रमुख सरोजकुमार पोखरेल, संघसंस्था शाखा प्रमुख चन्द्रकुमार राई र कानुन शाखा प्रमुख नारायणराज अर्यालसहितको ३ सदस्यीय समितिले टेबल‌ टेनिस संघको चुनाव गराएको थियो।

पटक पटक म्याद थप गरिएको टेबल टेनिस संघको तदर्थ समितिले निर्वाचन मिति तोक्न सकेको थिएन । २०८० चैत २१ गते सम्म संघको सदस्यता आधार मानेर निर्वाचन प्रक्रिया अघि बढाउन मन्त्री स्तरीय निर्णय भएको सुचनामा उल्लेख थियो ।

निर्वाचनका‌ सम्बन्धमा राखेको असहमतिबारे बुझ्न खोज्दा तदर्थ समितिका तत्कालिन संयोजक राजवैद्यको फोन उठाएनन् ।

March 1, 2025

अर्नव र आरती सम्झना कप च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]

February 25, 2025

रुपन्देहीमा अर्को महिना तेस्रो राष्ट्रिय ब्याडमिन्टन हुने

सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]

February 23, 2025

थापा श्रीलंका ब्याडमिन्टन च्यालेन्जमा अम्पायर

काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो‌ ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।

Success

Thank you for your time.