8 months ago
August 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल टेबल टेनिसमा एक पक्षको बहिष्कारका बाबजुद साधारण सभा तथा निर्वाचन हुने भएको छ ।
टेबल टेनिसको तदर्थ समितिका संयोजक रहेका चतुरानन्द राजवैधसहित निर्वाचन नगराउनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई निवेदन दिएका थिए । राखेपमा बुझाएको पत्रलाई आधार मान्दै एनओसीले आफ्नो प्रतिनिधि नपठाउने जानकारी दिएको थियो ।
तदर्थ समितिका सह संयोजक वृजेन्द्र हमाल लगायत प्रतिनिधि भने निर्वाचन गराउने तयारी अनुसार कार्यक्रममा उपस्थित रहेको छ । शनिबार विहान राखेपका सदस्य सचिव टंकलाल घिसिङले साधारणसभाको उद्घाटन गरेका थिए ।
राखेपले टेबल टेनिसको निर्वाचनको लागि ३ सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिले साउन १५ गते सुचना प्रकाशित गर्दै भदौ ८ गते निर्वाचन गरिने जनाएको थियो ।
संयोजकसहित २३ जनाले राखेप र एनओसीमा निर्वाचन रोक्न हस्ताक्षरसहित पत्र पठाएको एनओसीले युवा तथा खेलकुद मन्त्रालयलाई पत्रमार्फत जानकारी गराएको थियो । तर उक्त पत्रमा २३ जना नभएर १५ जनाको हस्ताक्षर रहेको र त्यसमा पनि केही फर्जी हस्ताक्षर रहेको सह संयोजक हमालले दाबी गरेका छन् । हमालले साधारण सभामा झन्डै ९० प्रतिशत प्रतिनिधिको उत्साहजनक सहभागिता रहेको र निर्वाचन हुने बताए ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को निर्वाचन समितिलले साउन १५ गते राष्ट्रिय दैनिकमा टेबलटेनिस संघको निर्वाचन भदौ ८ गते हुने सुचना जारी गरेको थियो । राखेपका खेलकुद विकास विभाग प्रमुख सरोजकुमार पोखरेल, संघसंस्था शाखा प्रमुख चन्द्रकुमार राई र कानुन शाखा प्रमुख नारायणराज अर्यालसहितको ३ सदस्यीय चुनावी समितिले निर्वाचन गराउने छ ।
पटक पटक म्याद थप गरिएको टेबल टेनिस संघको तदर्थ समितिले निर्वाचन मिति तोक्न सकेको थिएन । २०८० चैत २१ गते सम्म संघको सदस्यता आधार मानेर निर्वाचन प्रक्रिया अघि बढाउन मन्त्री स्तरीय निर्णय भएको सुचनामा उल्लेख थियो ।
निर्वाचनका सम्बन्धमा राखेको असहमतिबारे बुझ्न खोज्दा तदर्थ समितिका संयोजक राजवैद्यको फोन उठेन ।
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]