10 months ago
May 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- स्यान्टु श्रेष्ठ ओलम्पिकमा छनोट हुने तेस्रो नेपाली खेलाडी बनेका छन्।
पेरिस २०२४ ओलम्पिकको दक्षिण एसियाली टेबलटेनिस छनोट अन्तर्गत पुरूषतर्फ बुधबार भएको फाइनलमा स्यान्टुले अर्का नेपाली संयोग कपालीलाई ४-३ सेटले हराउँदै स्यान्टुले ओलम्पिक यात्रा गरेका हुन्।
लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा स्यान्टु ११-७,८-११,११-७,११-६,८-११,८-११, ११-९ ले विजयी भएका हुन्। स्यान्टु टेबलटेनिसबाट ओलम्पिकमा छनोट हुने पहिलो नेपाली बनेका छन् ।
त्यसअघि आजै संयोग र स्यान्टु फाइनल पुगेसँगै इतिहासमै ओलम्पिकमा छनोट हुने तेस्रो नेपाली खेलाडी बन्ने पक्का भएको थियो ।
संयोग र स्यान्टु दुवैले श्रीलंकाका खेलाडीलाई हराउँदै अन्तिम दुईको यात्रा तय गरेका थिए। संयोगले जयशंका डि सिल्भालाई ४-० को सेटमा र स्यान्टुले चामेरा गिनिगीलाई ४-२ को सेटमा हराएका थिए।
पहिलो र तेस्रो सेटमा कडा चुनौतीको सामना गरेका संयोगले १३-११,११-७,१२-१०,११-७ ले खेल आफ्नो पक्षमा पारेका थिए। स्यान्टुले कडा चुनौतीका बीचमा खेल ११-७,११-९,६-११,८-११,११-३,११-८ ले जितेका थिए।
यसअघि नेपालबाट तेक्वान्दोका संगिना वैद्य र दीपक विष्ट मात्र सिधै ओलम्पिकमा छनोट भएका थिए । संगिना २००४ को एथेन्स र दीपक २००८ को बेइजिङ ओलम्पिकका लागि छनोट भएका थिए।
माल्दिभ्सकी खेलाडी फातिमाथ अली महिलातर्फ दक्षिण एसियाली राष्ट्रबाट छनोट भएकी छिन्। फातिमाथले विमान्डे बन्दराले ४-१ सेटले हराएकी थिइन्।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]
February 25, 2025
सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।