1 year ago
March 8, 2024
भक्तपुर (हाम्रो खेलकुद)- वडा नं. ९ ले अपराजित रहँदैं मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । पहिलो संस्करण पनि वडा नं ९ ले नै जितेको थियो।
सातौं चरणमा नै उपाधि पक्का गरिसकेको वडा नं. ९ ले बिहीबार अन्तिम खेलका वडा नं. १ माथि २–१ ले जित निकालेको हो ।
वडा नं. ९ को जितमा यमन राजबहाक र सुनिल चक्रधरले गोल गरे । वडा नं. १ का लागि सविन डंगोलले गोल गरे ।
मध्यपुर थिमि नगरपालिकाको प्रायोजनमा मध्यपुर युथ एशोसियसनले सानो थिमिस्थित मैदानमा आयोजना गरेको लिगमा वडा नं. ९ ले लिगका सबै ८ खेल जितेर २४ अंक बटुलेको थियो। टोलीले २ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो।
१९ अंकसहित दोस्रो स्थानमा रहेको वडा नं. ५ ले १ लाख २५ हजार , १४ अंकसहित तेस्रो भएको वडा नं. ३ ले ६० हजार रुपैयाँ प्राप्त गर्यो ।
वडा नं. ६ चौथो , वडा नं. २ पाँचौं, वडा नं. १ छैटौं, वडा नं. ८ सातौं, वडा नं. ४ आठौं र वडा नं. ७ अंक तालिकाको पुछारमा रहयो ।
वडा नं. ९ का यमन राजबहाक प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए र उनले २० हजार रुपैयाँ प्राप्त गरे।
८ गोलसहित सर्वाधिक गोलकर्ता समेत रहेका यमनले त्यसवापत १० हजार रुपैयाँ पाए ।
वडा नं ३ का अम्बर श्रेष्ठ उत्कृष्ट गोलकिपर, वडा नं ५ का सुदर्शन श्रेष्ठ उत्कृष्ट डिफेन्डर, वडा नं ३ का विक्रम के.सी उत्कृष्ट मिडफिल्डर, वडा नं ९ का तुल्सी भुजु ‘राजा’ उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट सबैले समा १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको अनुशासित टोली घोषित हुँदैं वडा नं ७ ले २५ हजार रुपैयाँ प्राप्त गर्यो।
प्रतियोगिताका विजयी टोली र खेलाडीहरुलाई मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, पूर्व नगरप्रमुखहरु मदनकृष्ण श्रेष्ठ, मदनसुन्दर श्रेष्ठ, पूर्वउपप्रमुखहरु अञ्जनादेवी मधिकर्मी र मुरारीप्रसाद आचार्य, वडाअध्यक्षहरु, मध्यपुर युथ एशोसियसनका अध्यक्ष उपेन्द्रमान सिंह, उपाध्यक्ष अष्ट कवेले पुरस्कृत गरे ।
सो अवसरमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले प्रतियोगिता मध्यपुर थिमिमा राष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरेको र प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी नगरपालिकाको टोली तयार गरिने बताए ।
उपप्रमुख विजयकृष्ण श्रेष्ठले लिगका खेलहरु गतवर्षको तुलनामा स्तरिय भएको बताउँदैं आगामी वर्ष थप परिस्कृत गर्दै प्रतियोगिता सञ्चालन गर्ने बताए ।
सो अवसरमा नगरपालिका र आयोजक एशोसियसनले संयुक्तरुपमा मध्यपुर थिमिका प्रत्येक वडाका समान जना भेट्रान फुटबल खेलाडीहरु तथा नेपाली महिला राष्ट्रिय फुटबल टोलीका पहिलो कप्तान रमा सिंह र महिला रेफ्री एवम् पूर्व खेलाडी विना श्रेष्ठलाई पनि दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]
February 25, 2025
सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।