1 year ago
March 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) –राष्ट्रिय ब्याडमिन्टन सघ, नेपालले विश्व जुनियर नम्बर एक रहिसकेका नेपालका नम्बर एक खेलाडी प्रिन्स दाहाललाई रोयल इनफिल्ड हन्टर ३५० मोटरसाइकलसहितसम्मान गरको छ ।
संघको पूर्व घोषित कार्यक्रम अनुरुप प्रिन्सलाई बाइकले सम्मान गरको हो । संघले पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग प्रतियोगिताको लगातार तीन संस्करणमा विजय हासिल गर्ने खेलाडीलाई मोटरसाइकल प्रदान गर्ने घोषणा गरेको थियो । रत्नजित तामाङ्ग र नङ्गशल तामाङ्गले यसअघि सम्मानित भईसकेका छन् ।
नेपाल एपिएफ क्लबका प्रिन्सले शनिबार चौथो पटक पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टनको उपाधि जितेका हुन् । १३ औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टनको शनिबार भएको शीर्ष ८ तर्फको पुरुष एकलको फाइनलमा ललितपुरका प्रफुल महर्जन माथि २१–१८, २२–२० ले हराउँदै प्रिन्सले उपाधि जितेका हुन् ।
प्रिन्सले युगलतर्फको पनि उपाधि जितेका थिए । चन्द्रागिरीस्थित महांकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष युगल तर्फ प्रिन्सले विजित थापा मगरको जोडी उपाधि जितेका हुन् । ललितपुरका प्रफुल महर्जन र आर्मीका सुरोज महर्जनको जोडीलाई २१–७, २२–२४ र २१–१२ ले हराउँदै प्रिन्स र विजितको जोडीले उपाधि जित्यो ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]
February 25, 2025
सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।