1 year ago
February 29, 2024
सुमन अधिकारी, बुटवल
सक्षम भुषण शाह र आर्यन गिरीको जोडी तथा आशिष खड्का र आयुषमान गुरुङको जोडी बुटवलमा दोस्रो मेयर कप तथा छैटौ राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको मेन्स डबल्सको उपाधिका लागि भिड्ने भएको छ ।
पहिलो सेमिफाइनलमा सक्षम भुषण र आर्यनको जोडीले नेहालजंग थापा र प्रदिप खड्काको जोडीलाई ६–४, ६–३ तथा अर्को सेमिफाइनलमा आशिष र आयुषमानको जोडीले रितिक राना र निशान्त श्रेष्ठको जोडीलाई ६–२, ६–४ ले हराउँदै अन्तिम दुईमा पुग्यो ।
रुपन्देही लन टेनिस संघको आयोजना प्रतियोगिताको मेन्स सिगंलको सेमिफाइनलको समीकरण पूरा भएको छ । देविनगरस्थित लन टेनिस कोर्टमा बिहिबार भएको मेन्स सिगलको क्वार्टरफानलमा साविक विजेता प्रदिप खड्कासहित प्रनव मानन्धर, निशान र रितिक अन्तिम चारमा प्रवेश गरेका छन् ।
प्रदिपले आर्यन गिरीलाई ६–३, ६–४ ले र प्रनव मानन्धरले प्रनव खनाललाई ६–१, ३–६, ६–३ ले पराजित गरे । निशानले आशिष खड्कालाई ६–१, ६–४ र रितिक रानाले सक्षम भुषण शाहलाई ६–३, ६–३ ले हराउँदै सेमिफाइनल पुगेका छन् ।
यसैगरि ३५ वर्ष प्लस मेन्स सिगलमा अनिल शाहीले नविन श्रेष्ठलाई ६–१, ६–२ ले, सन्तोष खत्रीले सोम रानालाई ६–१, ६–१ ले, कमल भण्डारीले राजन पौडेललाई ६–३, ६–० ले र सिमान्त गुरुङले सन्जय श्रेष्ठलाई ६–१, ६–३ ले हराउँदै सेमिफाइनल पुगेका छन् ।
३५ वर्ष डबल्सको उपाधिका लागि सन्तोष खड्का र सन्जय श्रेष्ठको जोडीले सिमान्त गुरुङ र अनिल शाहीको जोडीसँग प्रतिस्पर्धा गर्ने भएको छ । सिमान्त र अनिलको जोडीले विकास गुरुङ र पदम गुरुङको जोडीलाई ६–१, ६–१ तथा सन्तोष र सन्जयको जोडीले राजन पौडेल र नविन श्रेष्ठको जोडीलाई ७–६, ६–४, ६–३ ले हराउँदै फाइनलमा पुगेको छ ।
यसैगरि ४५ वर्ष प्लस मेन्स सिगलको उपाधिका लागि कलम भण्डारी र गोपी भट्टराईबीत प्रतिस्पर्धा हुनेछ । कमलले रोहित सुनुवारलाई ६–१, ६–० र गोपीले महादेव भण्डारीलाई ५–७, ६–३, ७–५ ले हराउँदै फाइनल यात्रा तय गरे ।
उता ४५ डबल्समा गोपी भट्टराई र धर्मा लामिछानेको जोडीले वाकओभर पाएर फाइनल पुगेको छ । अर्को सेमिफाइनलमा रोहित सुनुवार र जोली टार्जनको जोडीले हिमाल श्रेष्ठ र सुर्दशन भण्डारीको जोडीलाई ६–३, ६–३ ले हराउँदै फाइनल पुगेको छ ।
यसैगरि ५५ वर्ष मेन्स सिगलको उपाधिका लागि चन्द्र शाही र राजु श्रेष्ठ भिड्ने भएका छन । चन्द्रले विमल गुरुङलाई ६–२, ७–५ र राजुले बिष्णु हमाललाई ६–०, ६–१ ले हराउँै एकअर्कासँगको भेट पक्का गरेका हुन् ।
यसैगरि ५५ वर्ष डबल्सको उपाधिका लागि विमल गुरुङ र हिमाल श्रेष्ठको जोडीले लोक गुरुङ र धर्म लामिछानेको जोडीको सामना गर्नेछ । विमल र हिमालको जोडीले सुर्दशन भण्डारी र शिव सेढाईको जोडीलाई ७–६, ६–३, ९–७ तथा लोक र धर्मको जोडीले चन्द्र शाही र जोली टार्जनको जोडीलाई ६–१, ६–१ ले हराउँदै अन्तिम दुईको याात्रा तय गर्यो ।
यसैगरि ६५ वर्ष प्लस सिगलको उपाधिका लागि मनोज राणा र ध्रुव गुरुङबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको पुरुष/महिला सिगल तर्फ उपाधि विजेताले ६० र दोस्रोले ३० हजार तथा तेस्रो हुने दुई जना खेलाडीले जनही २० हजार रुपैयाँ प्राप्त गरे ।
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]
February 25, 2025
सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]