1 year ago
February 27, 2024
सुमन अधिकारी, बुटवल
बुटवलमा सुरु भएको छैटौं राष्ट्रिय लन टेनिस प्रतियोगिताको पहिलो दिन मंगलबार विभिन्न समूहका खेल भएका छन् । मेन्स ओपनको उद्घाटन खेलमा निहालजंग थापाले विकास खड्कालाई ६–४, ६–२ ले हराए । अर्को खेलमा युगेन शेर्पाले निर्मल मगरलाई ६–४, ६–४ ले पराजित गरे ।
मेन्स ३५ प्लसमा विकास पाण्डेले टिका घिमिरेलाई ६–२, ६–३ ले, नविन श्रेष्ठले रिश्चल थापालाई ६–०, ६–१ ले, विकास गुरुङ एचकेले प्रकाश बस्नेतलाई ६–०, ६–३ ले, राजन पौडेलले विश्वास थापाले ६–१, ६–२ ले हराउँदै अन्तिम आठमा पुगे ।
त्यस्तै ४५ मेन्स सिंगलमा रोहित सुनुवारले छावान लामालाई ६–१, ६–१ ले, रामु विकले तेज लिलाई ६–४, ६–३ ले, किम जिम मानले विष्णु चापागाईलाई ६–०, ६–२ ले, कमल भण्डारीले विकास गुरुङलाई ६–१, ६–३ ले, माधव भण्डारीले विष्णु बहादुर थापालाई ६–१, ६–० ले, अर्जुन गुरुङले मनोज ढुगानालाई ६–०, ६–२ ले, शरण गुरुङले मनोज नेपाललाई ६–३, ६–० ले र गोपी भट्टराईले केवी तामाङलाई ६–०, ६–१ ले हराउँदै क्वाटरफाईनलमा पुगेका छन् ।
५५ प्लस मेन्स सिंगलमा चद्रा शाहीले शिव सेढाईले ६–१, ६–१ ले र विष्णु हमालले नरेन्द्र सिहलाई ६–१, ६–१ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।
मेन्स ओपन डबल्सतर्फको खेलमा प्रदिप खड्का र निहालजंग थापाको जोडीले प्रवण खनाल र प्रनव मानन्धरको जोडीलाई ६–४, ७–६ ले, संयमबिक्रम शाह र आर्यन गिरीको जोडीले निर्मल मगर र विवेक गर्बुजाको जोडीलाई ६–०, ६–० ले, रितिक राना र ईशान श्रेष्ठको जोडीले उगेन शेर्पा र बिष्णु नेपालीको जोडीलाई ६–२, ६–२ ले हराउँदै सेमिफाइनलमा पुगेका छन् ।
यसैगरि ३५ प्लस डबल्समा राज गुरुङ र केवी तामाङको जोडीले सब्बर मिया र गोपाल ज्ञवालीको जोडीलाई २–६, ६–१, ६–४ ले, चोम बहादुर शाह र सन्दुप के लामाको जोडीले सागर थापा र विकास पाण्डेको जोडीलाई ६–१, ६–१ ले, रिश्चल थापा र अभिषेक पाठकको जोडीले टिका घिमिरे र प्रकाश बस्नेतको जोडीलाई ६–२, ५–७, ७–५ को सेटमा पराजित गर्दै क्याटरफाईनलमा प्रवेश गरेको प्रतियोगिताका सुपरभाइजर कृष्णराज घलेले बताए ।
१९ गते सम्म हुने प्रतियोगितामा ११ विधामा एक सय खेलाडीहरुले प्रतिस्पर्धा गरेको संघका सचिव सबर मियाले बताए ।
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]
February 25, 2025
सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]