1 year ago
February 12, 2024
हिमाल खरेल, बिर्तामोड
निश्चल क्षेत्री र पविन लिङथेपको जोडीले बिर्तामोडमा भएको पाँचौं संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगितामा खुलातर्फको उपाधि जितेको छ।
मेहरमान बहुउद्देश्यीय कबर्ड हलमा सोमबार भएको फाइनलमा भोजपुरका क्षेत्री र त्रिभुवन आर्मी क्लबका लिङथेपको जोडीले नेपाल एपिएफ क्लबका भोजबहादुर गुरुङ र भोजपुरका विशाल तामाङको जोडीलाई ३०–२८ र २१–१९ को सोझो सेटमा हराएकाे थियो ।
त्यस्तै, भेट्रान्सतर्फ प्रेम गुरुङ र सञ्जय कपालीको जोडीले कृष्ण खड्का र विष्णु तामाङको जोडीलाई हराउँदै उपाधि रक्षा गरेको हो । बिग ब्रदरका गुरुङ र कपालीले मेहरमानका खड्का र तामाङको जोडीलाई २१–१६ र २१–१६ को सोझो सेटमा हराएकाे थियो ।
यसैबीच, खुलातर्फ आर्मीका हिमाल चन्द र नखिपोटका विवेक कन्दङवाको जोडी तथा उदयपुरका विनय चौधरी र मोरङका लाक्पा शेर्पाको जोडी तेस्रो भयो।
भेट्रान्सतर्फ पाँचथरका दिपक आङदेम्बे र मोरङका जीवन बोगटी तथा ताप्लेजुङका घनेन्द्र लिम्बू र मदन लिम्बूको जोडी तेस्रो भयो ।
आयोजक लायन्स क्लब अफ अनारमनी तथा लियो क्लब अफ अनारमनीको आयोजनामा भएको प्रतियोगिताका खुलातर्फका विजेताले ७० हजार रुपैयाँ, ट्रफी र मेडल पाए । त्यस्तै, दोस्रो हुनेले ४० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ ट्रफी र मेडल प्राप्त गरे ।
भेट्रान्सतर्फका विजेताले ३० हजार, दोस्रो हुनेले १५ तेस्रो हुनेले ५ हजार रुपैयाँ, ट्रफी र मेडल पाएका छन्।
क्लबका अध्यक्ष महेन्द्र घिमिरेको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट २५ सिका डिस्ट्रिक्ट गभर्नर विजयहरि शर्मा, प्रतियोगिता संयोजक रविन्द्र भट्टराई, पूर्वअध्यक्ष शैलेन्द्र कुरुम्बाङ लगायतले विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गरेका थिए ।
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]
February 25, 2025
सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]