1 year ago
February 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन विश्वविद्यालय (टियु) ले प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । २३ मध्ये टियु सर्वाधिक १८ स्वर्ण पदक जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो । टियुले ८ रजत र ३ कांस्य पदक जितेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा सुदूरपश्चिम विश्वविद्यालय ३ स्वर्ण, ४ रजत र ९ कांस्य पदक साथ दोश्रो स्थान प्राप्त गर्यो । तेश्रो स्थानको लुम्बिनी बौद्ध विश्वविद्यालयले १ स्वर्ण तथा समान २ रजत र कांस्य पदक प्राप्त गर्यो । अर्को १ स्वर्ण नेपाल संस्कृत विश्वविद्यालयले जित्यो । नेपाल संस्कृतले समान १ रजत र कांस्य पदक प्राप्त गर्यो ।
विभिन्न ४ खेल समावेश प्रतियोगिताको एथलेटिक्सको दोश्रो दिन टियुले ४ स्वर्ण पदक जित्यो । टियुले पहिलो दिन ५ स्वर्ण जितेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको १ सय मिटर दौडको पुरुषमा सुदूरपश्चिमका मुकेश विष्ट र महिलामा लुम्बिनीकी अनिशा कुँवर क्षेत्रीले स्वर्ण पदक जितिन् ।
सटपुटको पुरुषमा टियुका वीरेन्द्र कुँवर र महिलामा टियुकी संचिता घिमिरे तथा ८ सय मिटर दौडको पुरुषमा टियुका विकेस घिमिरे र महिलामा टियुकी राज्यलक्ष्मी राउतले स्वर्ण पदक प्राप्त गरे । ब्याडमिन्टनमा टियुकै वर्चस्व रह्यो । पाँच स्पर्धामा प्रतिस्पर्धा भएको ब्याडमिन्टनमा टियुले ४ स्वर्ण पदक जित्यो । सुदूरपश्चिमले १ स्वर्ण जित हासिल गर्यो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको पुरुष सिंगल्समा टियुका सुनिल कार्की, महिला सिंगल्समा टियुकी निसम सुब्बा, पुरुष डबल्समा सुदूरपश्चिमका पुस्करराज भट्ट र प्रकाश विष्ट, महिला डबल्समा टियुका इस्मिता बढुवाल र निसम सुब्बा तथा मिक्स डबल्समा टियुका सुनिल कार्की र निसम सुब्बाको जोडीले पहिलो स्थान हासिल गर्यो ।
टेबलटेनिसको पुरुष सिंगल्समा नेपाल संस्कृतका गनन्जय दाहाल तथा महिला सिंगल्समा लस्ता महर्जनले स्वर्ण पदक जिते ।
पुरुष भलिबलको उपाधि पनि टियुले नै जित्यो । जावलाखेलस्थित राष्ट्रिय खेलकुद प्रशिक्षण केन्द्रमा भएको फाइनलमा टियुले मध्यपश्चिम विश्वविद्यालयलाई २५–१८ र २५–१६ को सोझो सेटमा पराजित ग¥यो । पोखरा विश्वविद्यालयले कृषि तथा वन विश्वविद्यालयलाई १७–२५, २५–१७ र १५–७ ले हराउदै तेश्रो भयो ।
विजेतालाई राखेपका उपाध्यक्ष शिव कोइराला, निमित्त सदस्य–सचिव प्रकाशकुमार कुसारी, सदस्य पेमा डोल्मा लामा, त्रिभूवन विश्वविद्यालयका खेलकुद निर्देशक पशुपति अधिकारी, गण्डकी विश्वविद्यालयका खेलकुद संयोजक डा. मधुसदन सुवेदी, काठमाडौं विश्वविद्यालयका खेलकुद निर्देशक राजेन्द्र जोशी, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा १० विश्वविद्यालयका २ सय ८० खेलाडी सहभागी थिए ।
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]
February 25, 2025
सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]