1 year ago
February 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – होप्स टेबलटेनिस एकेडेमी ‘ए’ र चीनको लान्फाङ टेबलटेनिस एकेडेमीले छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको टिम इभेन्टमा बिहीबार स्वर्ण जितेका छन् ।
होप्स ‘ए’ पुरुष तथा लान्फेङ महिलामा पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा होप्स ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ३–० ले पराजित ग¥यो । दुई विभागीय टोली नेपाल प्रहरी क्लब र नेपाल एपिएफ क्लब संयुक्त रुपमा तेश्रो भए ।
सम्झना ल्याबोरेटरी क्लिनिकको मुख्य प्रायोजन तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा ललितपुर टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको महिला टिम इभेन्टको फाइनलमा लान्फेङले होप्सलाई ३–२ ले हरायो । प्रहरी र स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी संयुक्त रुपमा तेश्रो बने ।
February 16, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा तेस्रो मेयर कप तथा सातौ बुटवल खुल्ला लन टेनिस प्रतियोगिता सोमवार सुरु हुने भएको छ। बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही टेनिस संघको आयोजनामा फागुन ९ गतेसम्म हुने प्रतियोगितामा नेपालका महिला / पुरुष शीर्ष वरियताका १ सय सहभागिता रहने बताइएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको खेल संयोजक विष्णु प्रसाद चापागाईले बताए […]
January 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले मोहनदास वासुकलालाई टेबल टेनिसको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। भक्तपुर जिल्ला खेलकुद विकास समितिमा कार्यरत टेबल टेनिसका नायव वरिष्ठ प्रशिक्षक वासुकलालाई बुधवार राखेप सदस्यसचिव स्तरीय निर्णय मार्फत मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । राखेपको तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईंले वासुकलालाई बिहीवार जिम्मेवारीको पत्र हस्तान्तरण गरे […]
December 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- भारत र कतारमा हुने अलग अलग प्रशिक्षण र प्रतियोगितामा भाग लिने खेलाडीलाई सोमवार बिदाइ गरिएको छ। पुस १६ गते भारतको त्रिपुरामा हुने इन्डो नेपाल प्रो मुवाँथाईमा संजय राई, पेम्बा छिरिङ तामाङ, निरज नगरकोटी, सुमित्रा नागरकोटी ,रीना माझीले प्रतिस्पर्धा गर्नेछन्। टोलीको प्रशिक्षकमा महेश केसी छन् । त्यस्तै कतार दोहामा मंगलवार सुरु हुने सेपिङ […]