default_image

10 months ago

January 27, 2024

साग लक्षित टेबलटेनिसको प्रशिक्षण सुरु हुँदै

310 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टेबलटेनिसका नवनियुक्त मुख्य प्रशिक्षक राजेन्द्र कपालीको पहलमा टेबलटेनिसको राष्ट्रिय टिम तयारी प्रशिक्षण आइतबारदेखि सुरु हुने भएको छ ।

‘मिसन साग’ नाम दिइएको तयारी प्रशिक्षणको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबार उद्घाटन गरे । महिला/पुरुषमा शीर्ष १६–१६ वरियताका खेलाडीलाई प्रशिक्षणमा समावेश गरिएको मुख्य प्रशिक्षक कपालीले जनाएका छन् ।

प्रशिक्षण लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । कार्यक्रममा टेबलटेनिसलाई सहयोग गर्ने विभिन्न संस्थालाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

November 16, 2024

शिभालीलाई दोहोरो उपाधि, राजवीर विजयी

काठमाडौं (हाम्रो खेलकुद)– राजवीर प्रधान र शिभाली गुरुङ होटल मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटिआई जुनियर टेनिस प्रतियोगिताको यु–१६ सिंगल्सको उपाधि जितेका छन् । राजवीर ब्वाइज तथा शिभाली गल्र्समा विजयी भएका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शनिवार भएको फाइनलमा राजवीरले वृजेश अर्याललाई ६–२ र ६–० को सोझो सेटमा पराजित गरे । गल्र्सको फाइनलमा शिभालीले स्वस्तिका विष्टलाई […]

November 9, 2024

ब्याडमिन्टनको कोचिङ कोर्स सकियो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ब्याडमिन्टन संघको आयोजनामा ओलम्पिक सोलिडारिटी बिडब्लुएफ लेभल वान कोचिङ कोर्स शनिवार सम्पन्न भएको छ । ६ दिने कोर्समा १५ पुरुष र ६ महिला गरी २१ जनाको सहभागिता रहेको थियो । सहभागीलाई बिडब्लुएफ ट्युटर चेक रिपब्लिककी मार्केटा तथा ब्याडमिन्टन एसिया ट्युटर भुटानका दोर्जी र नेपालकी सरादेवी तामाङले प्रशिक्षण दिएका थिए । नेपाल […]

November 8, 2024

टेबल टेनिस खेलाडी सेलिशाको निधन

काठमाडौं (हाम्रो खेलकुद) – टेबलटेनिस खेलाडी सेलिशा खड्गीको शुक्रवार निधन भएको छ । टेबलटेनिस प्रशिक्षक राकेश महर्जनले लामो समयदेखि पेटको क्यान्सरले पिडित सेलिशाको निधन भएको बताएको राष्ट्रिय खेलकुद परिषद्ले जानकारी दिएको छ । ३० वर्षीया सेलिशाको शुक्रवारै कीर्तिपुरमा अन्त्यष्टि गरिएको छ । सेलिशाले नेपालको प्रतिनिधित्व गर्दै सन् २०१५ मा थाइल्यान्डको पटायामा भएको एसियन टेबलटेनिस च्याम्पियन्सिप […]

Success

Thank you for your time.