1 year ago
January 25, 2024
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्जमा प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आज सुरु भएकोछ ।
माघ १३ गतेसम्म चल्ने प्रतियोगितामा पाँच वटा विधा राखिएको छ । जसमा पुरुष एकल खुल्ला, पुरुष युगल, महिला एकल, पुरुष युगल ‘बी लेभल’ र ४५ प्लस भेट्रान्स डबल्स रहेको छ।
पुरुष एकलका विजेताले नगद ७० हजार, दोस्रोले ३५ हजार तथा तेस्रो हुनेले समान १५ हजार रुपैयाँ पाउनेछन् । महिला एकलका विजेताले ६० हजार, दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुनेले समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
पुरुष युगलका विजेताले नगद ५० हजार, दोस्रोले २५ हजार तथा तेस्रो हुनेले समान १५ हजार रुपैयाँ पाउँनेछन् । यस्तै पुरुष युगल (बी लेभल) मा पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ पाउनेछन् ।
यसैगरी पुरुष युगल (भेट्रान्स ४५ वर्षमाथि )का विजेताले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले समान १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
बाँकेको नेपालगन्जमा २५ वर्षपछि राष्ट्रिय स्तरको ब्याटमिन्टन प्रतियोगिता आयोजना भएको हो । यसअघि नेपालगन्जमा २०५५ सालमा राष्ट्रिय ब्याडमिन्टनको प्रतियोगिता भएको थियो ।
लुम्बिनी प्रदेश खेलकुद परिषद्का, सदस्य सचिव जयप्रकाश भट्टराईले उद्घाटन गरे । बाँके जिल्ला व्याडमिन्टन संघको आयोजना तथा प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको मुख्य प्रायोजनमा प्रतियोगिता नेपालगञ्ज रंगशालामा सञ्चालन गरिएको हो ।
सदस्य सचिव भट्टराईले नयाँ पुस्तालाई ब्याडमिन्टनप्रति आर्कषण बढाउन र खेलिरहेका खेलाडीलाई टिकाउन प्रतियोगिता कोसेढुंगा सावित हुने बताए ।
बाँके जिल्ला व्याडमिन्टन संघका अध्यक्ष संजय थापाले प्रतियोगितामा देशभरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियसहित करिब २ सय ५० जना खेलाडी सहभागी रहेको बताए। तीन दिनसम्म हुने प्रतियोगितामा करिब २२ लाख खर्च हुने अध्यक्ष थापाले जानकारी दिए।
अध्यक्ष थापाले पछिल्ला वर्षहरुमा खेलाडीहरुको उपस्थिती कम हुदैँ गएपछि नयाँ पुस्ताका खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]
February 25, 2025
सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]