1 year ago
January 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका यु १५ तर्फको पुरुष तर्फ सुविन श्रेष्ठ र महिला तर्फ रिहाना शेरचन योनेक्स सनराईज इनास सव जुनियर च्यालेन्ज २०८० को उपाधि जितेका छन् ।
आइतबार सुविनले फाइनलमा आर्मीकै सुदेश राजकोटीलाई २१—१५ र २१—१० ले हराए । रिहानाले मोहन भुगोल ब्याडमिन्टन फाउन्डेसनकी निभा राईलाई २१—१२ र २१—१० ले पराजित गरिन् । पुरुषतर्फ कैलालीका शिषिर राना र धन्यन्तरीका सत्यम कार्की तथा महिला तर्फ दीपक ब्याडमिन्टन एकेडेमीका अश्मिता खत्री र आइबिएससीका टिशा रानी शाक्य संयुक्त रुपमा तेस्रोमा रहे ।
नेपालमा योनेक्सको आधिकारीक विक्रेता इनास इन्टरप्राईजेजको आयोजनामा भएको प्रतियोगिताको यु १३ तर्फ पुरुषमा आर्मीका सुदेश राजकोटी र महिला तर्फ मोहन भुगोलकी निभा राईले उपाधि जितिन् ।
फाइनलमा सुदेशले स्पोर्टस् हवका सदीप राईलाई २१—१६ र २१—१३ ले तथा निभाले कास्कीकी रक्षा फागमीलाई २१—१९ र २१—१२ ले पराजित गरिन् । पुरुष तर्फ तनहँुका सफल भुजेल र एपिएफका आरुष सिमखडा तथा महिलामा आर्मीकी समृद्धि श्रेष्ठ र दीपक ब्याडमिन्टनकी अश्मिता खत्री तेस्रो स्थानमा रहे ।
यु ११ तर्फ पुरुषमा कास्कीका सक्षम गुरुङ्गले कपिलबस्तुका विराट बस्नेतलाई २३—२१ र २१—१० ले पराजित गर्दै उपाधि जिते । आर्मीका दीप थिङ्ग र महाबौद्ध क्लबका आरभ शाक्य तेस्रो भए । सबैतर्फका विजेता खेलाडीले ट्रफीसहित १० हजार र दोस्रो खेलाडीले ५ हजार र तेस्रो हुनेले २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
बागमती प्रदेश खेलकुद बिकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, राखेप पूर्व बोर्ड सदस्य सुभाष श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डे, एपिएफका एसपी. सुधिर सुवेदी, ब्याडमिन्टन प्रशिक्षक किरण थापा, बागमती प्रदेश ब्याडमिन्टन संघका संयोजक रुद्र थिङ्ग, समाजसेवी नारायण सापकोटा, लोकान्तर डट. कमका चिफ इडिटर बिमल गौतम लगायतले पुरस्कृत गरे ।
प्रतियोगिताको ब्राण्डिङ्ग र ब्यवस्थापन खेतान स्पोर्टस् फाउन्डेशनले गरको थियो । आयोजक ईनासका प्रोपाइटर राजु बास्तोलाले खेलाडीहरुलाई योनेक्सको उत्पादन ¥याकेट, ब्याग, टिसर्ट र खेल सामाग्री प्रदान गरेका थिए ।
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]
February 25, 2025
सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]