default_image

1 year ago

January 13, 2024

प्रिन्स र रसिलालाई ब्याडमिन्टन उपाधि

425 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन र एपिएफका प्रिन्स दाहालले शनिबार प्रथम प्रकाश दाहाल स्मृती राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।

महिला एकलको फाइनलमा रसिलाले आफ्नै क्लबकी अनुमाया राईलाई हराएकी थिइन् । उनले २१–३ र २१–१४ ले खेल जितेकी थिइन् । आर्मीकी अमिता गिरी र कस्तुरी कलेजकी सिमा राजवंशी संयुक्त रुपमा तेश्रो भए ।

स्पोर्टस् हवको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलको फाइनलमा प्रिन्सले आर्मीका प्रफुल महर्जनलाई २–० को सोझो सेटले हराएका थिए । प्रिन्सले २१–१६ र २१–१६ को जित निकालेका थिए । एपिएफका देव राज राना र नेपाल पुलिस क्लबका विष्णु कटुवालले संयुक्त रुपमा तेस्रो भए ।

बौद्ध लाखेपोखरीस्थित आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगिताको स्थानिय तर्फ आयोजक स्पोर्टस् हवका अनुज तामाङ्ग र सुमित थोकरको जोडीले उपाधि जित्यो । अनुज र सुमितको जोडीले स्पोर्टस् हवकै अनिष गुरुङ्ग र रमेश ठकुरीको जोडीलाई १८–२१, २१–११ र २१–१३ ले हरायो । ध्रुव खत्री र लाक्पा तामाङ्गको जोडी तथा अश्मिल शाही र लाक्पा शेर्पाको जोडी संयुक्त रुपमा तेश्रो भयो ।

पुरुष शिर्ष २० बरियता बाहेकको युगल तर्फ कास्कीका विधान अधिकारी र आर्मीका पविन लिनथेपको जोडीले उपाधि जित्यो । विधान र पविनको जोडीले आयोजकका अभिषेक गुरुङ्ग र निश्चल खत्रीको जोडीलाई २१–१४ र २१–१९ ले हरायो । एपिएफका भोज बहादुर गुरुङ्ग र सन्तोष पनेरुको जोडी तथा विवेक कन्दङ्गवा र नेल्सन राईको जोडी तेस्रो भयो ।

भेट्रान्स ३५ बर्ष माथिको खेलमा कास्कीका विशाल खड्का र आर्मीका सुरोज महर्जनको जोडीले उपाधि जित्यो । विशाल र सुरजको जोडीले फाइनलमा आयोजकका आकाश छन्त्याल र आङ्ग कुसाङ्ग शेर्पाको जोडीलाई २१–११ र २१–१४ ले पराजित गर्यो । चितवनका विद्वान गुरुङ्ग र अमर रायमाझीको जोडी तथा पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थाम्सुहाङ्गको जोडी तेस्रो भयो ।

४५ बर्ष माथिको प्रस्पिर्धामा चन्द्रागिरी ब्याडमिन्टन क्लबका हरि खत्री र राजकुमार पोखरेलको जोडीले फाइनलमा पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थाम्सुहाङ्गको जोडी २१–१४ र २१–१८ ले हराउँदै उपाधि जित्यो । गण्डकीका तिलक छन्त्याल र हिरा रोका तथा एपिएफका धिरेन्द्र चन्द र टोखाका टिका थापा मगरको जोडी संयुक्त रुपमा तेश्रो भए । प्रतियोगिताको विजेताले ट्रफी, पदकसहित ४५ हजार, दोस्रोले २५ र तेस्रोले १० हजार रुपैयाँ प्राप्त गरे ।

नेपाल ब्याडमिन्टन संघको मान्यता प्राप्त वरियता सहितको राष्ट्रिय प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (शिर्ष २० बरियता बाहेक), स्थानिय स्तर, मास्टर्स युगल ३५ बर्ष माथी र ४५ बर्ष माथी गरि ६ विधामा प्रतिस्पर्धा भएको थियो । पूर्व मन्त्री पम्फा भुषालले विजयी खेलाडीलाई पुरस्कृत गरिन् ।

March 1, 2025

अर्नव र आरती सम्झना कप च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]

February 25, 2025

रुपन्देहीमा अर्को महिना तेस्रो राष्ट्रिय ब्याडमिन्टन हुने

सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]

February 23, 2025

थापा श्रीलंका ब्याडमिन्टन च्यालेन्जमा अम्पायर

काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो‌ ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।

Success

Thank you for your time.