default_image

1 year ago

January 12, 2024

प्रिन्स र प्रफुल राष्ट्रिय ब्याडमिन्टनको फाइनलमा

448 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन र अनुमाया राई प्रकाश दाहाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको महिला एकलको
फाइनलमा पुगेका छन् ।

पुरुष एकलको उपाधिका लागि एपिएफ प्रिन्स दाहाल र आर्मी प्रफुल महर्जनबीच प्रतिस्पर्धा हुने भएको छ।

शुक्रबार भएको सेमिफाइनलमा आर्मीकी रशिलाले आफ्नै क्लबकी अमिता गिरीलाई‌ २१–५ र २१–१७ सहजै हराइन् । अर्को सेमिफाइनलमा अनुमायाले कस्तुरी कलेजकी सिमा राजवंशीलाई २१–१८ र २१–१४ ले पराजित गरिन् ।

त्यस्तै प्रिन्सले एपिएफका देवराज रानालाई २१–१० र २१–१२ ले हराए । प्रफुलले नेपाल पुलिस क्लबका बिष्णु कटुवाललाई २१–१५ र २१–१२ ले हराउँदै फाइनलमा यात्रा तय भिडन्त हुन् ।

लाखेपोखरी बौद्धस्थित स्पोर्ट्स हवको आयोजनामा भएको प्रतियोगिताका भेट्रान ३५ बर्ष माथिको खेलमा कास्कीका विशाल खड्का र आर्मीका सुरोज महर्जनको जोडीले न्यू बि.एस. का नारायण गौतम र आरिफ मलिकको जोडीलाई २१–१८, २१–१४ ले हराउँदै अन्तिम चारमा पुग्यो।

चितवनका विद्वान गुरुङ्ग र अमर रायमाभीको जोडीले चन्द्रागिरीका माधव ढकाल र प्रमोद महर्जनको जोडीलाई २१–११, १९–२१ र २१–१४ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।
यसैगरि पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थाम्सुहाङ्गको जोडीले आयोजक स्पोर्टस् हवका लाक्पा तेङ्गी तामाङ्ग र श्याम तामाङ्गको जोडीलाई २१–१३ र २१–१५ ले पराजित गर्दै सेमिफाईनल पुग्यो ।

पुरुष शिर्ष २० वरियता बाहेकको युगल प्रतियोगितामा कास्कीका विधान अधिकारी र पविन लिनथेपको जोडी सूर्यदर्शन युनिटीका महेश खड्का र दीपक रानाको जोडीलाई २१–१६, २१–१६ को समान अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।

यस्तै सेमिफाइनलमा स्थान बनाउने क्रमा एपिएफका भोज बहादुर गुरुङ्ग र सन्तोष पनेरुको जोडीले बालकुमारी रिमिक्सका ससिन डङ्गोल र सुमन शाक्यको जोडीलाई २१–१८, १९–२१ र २१–१७ ले , स्पोर्टस् हवका अभिषेक गुरुङ्ग र निश्चल कार्कीको जोडीले धादिङ्गका लक्ष्मण मल्ल ठकुरी र देवीनगरका राम मल्ल ठकुरीको जोडीलाई २१–१५, २०–२२, २१–१७ ले, नखिपोटका विवेक कन्दङ्गवा र नेल्सन राईको जोडीले लाफाका मनोज फौदार र विवेक न्यौपानेको जोडीलाई २१–१७, २१–१९ ले पराजित गर्यो ।

पुरुष भेट्रान युगल ४५ बर्ष माथिको प्रतिस्पर्धामा पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थाम्सुहाङ्ग, तिलक छन्त्याल र हिरा रोका, एपिएफका धिरेन्द्र चन्द र गण्डकीका टिका थापा तथा चन्द्रागिरीका हरि खत्री र राजकुमार पोखरेलको जोडी सेमिफाइनल पुगेको छ । प्रतियोगिता शनिबार सकिनेछ ।

March 20, 2025

बुटवलमा राष्ट्रिय ब्याडमिन्टन सुरु

सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]

March 1, 2025

अर्नव र आरती सम्झना कप च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]

February 25, 2025

रुपन्देहीमा अर्को महिना तेस्रो राष्ट्रिय ब्याडमिन्टन हुने

सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]

Success

Thank you for your time.