default_image

1 year ago

October 21, 2023

म्यानचेस्टर सिटी र न्युक्यासलको जित

1147 views

0 Bookmark

एजेन्सी – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार म्यानचेस्टर सिटी र न्युक्यासल युनाइटेडले जित दर्ता गरेका छन्।

घरेलु मैदान एटिहाड स्टेडियममा भएको खेलमा सिटीले ब्राईटनलाई २-१ गोलअन्तरले पराजित गरेको हो। सिटीका लागि पहिलो गोल सातौं मिनेटमा जुलियन अल्भारेजले गरेका थिए। उनले जेरेमी डोकुको पासमा गोल गर्दै अग्रता दिलाएका थिए।

१९औं मिनेटमा एरलिङ हालान्डले गोल गर्दै अग्रता दोब्बर बनाए। खेलको ८३औं मिनेटमा बार्सिलोनाबाट लोनमा गएका अन्सु फाटीले गोल गर्दै खेलमा फर्किने प्रयास गरेपनि ब्राईटनले खेलबाट कुनै अंक हासिल गरका सकेन।

जित पछि म्यानचेस्टर सिटी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। सिटीको नौं खेलमा २१ अंक रहेको छ। दोस्रो स्थानमा रहेको लिभरपुलको नौं खेल २० अंक छ। एक खेल कम खेलेको टोटेनहमको २० अंक छ।

यस्तै अर्को खेलमा न्युक्यासल युनाइटेडले क्रिस्टल प्यालेसलाई ४-० ले हराएको हो। न्युक्यासलको जितमा जेकब मर्फि, एन्थोनी गोर्डन, सन लङ्गस्टाफ र क्यालम विल्सनले एक एक गोल गरे।

जित पछि न्युक्यासल नौं खेलमा १६ अंक सहित पाँचौं स्थानमा उक्लिएको छ। समान नौं खेलमा १२ अंक रहेको प्यालेस १०औं स्थानमा छ।

यस्तै सोही समयमा भएका खेलमा वल्भसले बर्नमाउथलाई २-१ ले पराजित गर्दा ब्रेन्टफोर्डले बर्नलीलाई ३-० ले पराजित गर्यो। यस्तै नटिङघम फरेस्ट र लुटन टाउनले २-२ बराबरी खेले।

प्रिमियर लिगमा आज राति १०:१५ मा चेल्सी र आर्सनल भिड्दै छन्। आज राती १२:४५ बजे म्यानचेस्टर युनाइटेड र सेफिल्ड युनाइटेड भिड्ने छन्।

March 31, 2025

स्पेनिस प्रशिक्षकले नेपाली खेलाडीलाई प्रशिक्षण दिने

काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]

March 20, 2025

बुटवलमा राष्ट्रिय ब्याडमिन्टन सुरु

सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]

March 1, 2025

अर्नव र आरती सम्झना कप च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]

Success

Thank you for your time.